नेपाल मै पहिलो भर्चुवल शैक्षिक मेला, १५० कलेजको सहभागिता हुने



हाम्रो इकोनोमि

 

श्रावण २१ देखि भाद्र ३ गतेसम्म कलेज रिडर्सको आयोजनामा भर्चुवल शैक्षिक मेला हुने भएको छ । आज राजधानीको अल्फा हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्दै शैक्षिक मेलाका संयोजक तथा हिसानका केन्द्रिय सचिव रामहरी सिलवालले भने ‘१५ दिनसम्म चल्ने अनलाईन शैक्षिक मेलामा एसईई उतिर्ण विद्यार्थीलाई लक्षित उच्च शिक्षाका लागि सूचना तथा परामर्श दिईने छ । यस भर्चुवल शैक्षिक मेलामा स्कुल तथा कलेजको भर्चुवल भ्रमण, अन्तरक्रिया, विविध क्षेत्रका विज्ञसंगको निशुल्क लाईभ वेबिनारमा सहभागिता, करिअर काउन्सिलिङ्ग र छात्रवृतिका परिक्षा तथा सिपको मुल्यांकन गरिनेछ ।’

उच्च शिक्षा अध्ययनका लागि यो नविन प्रयोग भएको र वक्तृत्वकला, निवन्ध तथा परिक्षाको माध्यमबाट दुई करोडको शैक्षिक छात्रवृति प्रदान गरिने हिसान काठमाडौँका अध्यक्ष नरेन्द्र बहादुर अधिकारीले बताए । नेपालमै सञ्चालित शिक्षालयहरुले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउने र विद्यार्थी तथा अभिभावकहरुलाई नेपालमै पनि उत्कृष्ट शिक्षा पाइन्छ भन्ने बिषयमा विविध परामर्श दिने उद्देश्यले विगत ७ वर्षदेखि शैक्षिक मेला आयोजना गरिँदै आएको छ ।

नेपालमा संचालित शिक्षालयहरुले दिने गुणस्तरीय र उत्कृष्ट शिक्षाका बारेमा उचित जानकारी एवं परामर्श नहुँदा, कुन विषय किन पढ्ने, विषयको छनोट कसरी गर्ने भन्ने कुरामा अन्योलता हुने र कतिपय विद्यार्थी तथा अभिभावकहरुको विदेश मोहका कारणले शिक्षा प्राप्तकै लागि ठूलो धनराशि विदेशिएको वर्तमान समयमा यस्ता समस्याबाट मुक्त हुन र ठुलो धनराशि विदेश जानबाट जोगाउन तथा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धित ब्यक्तिहरुलाई एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत जानकारी दिने उद्देश्यले शैक्षिक मेला आयोजना गर्न लागिएको अध्यक्ष अधिकारीले बताए ।

 

उपत्यका लगायत देशभरबाट १५० भन्दा बढी कलेजहरु, ५ लाख विद्यार्थी तथा अभिभावकहरुले भर्चुवल माध्यमबाट शैक्षिक मेलाको अवलोकन गर्ने प्याब्सनकी केन्द्रिय सचिव संगीता सिलवालले जानकारी दिईन । यो मेला नेपालको शैक्षिक इतिहासमा कोशेढुंगा साबित हुने सिलवालले बताईन।

हेर्नुहोस प्रेस बिज्ञप्ति :

edu press

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...