एसईईको नतिजा सार्वजनिक गर्ने तयारी



हाम्रो इकोनोमि

 

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा विद्यालयलयलाई नै सार्वजनिक गर्न दिने तयारी गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा नभएपछि विद्यालयले गरेको मूल्याङ्कनलाई नै आधार मानेर नतिजा सार्वजनिक गर्न लागिएको हो ।

विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईले पठाएको प्रमाणित डाटाको रुजु गर्ने काम अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

रुजुको काम सकिएपछि प्रमाणिकरण गरेर विद्यालयलाई नै नतिजा सार्वजकि गर्न दिने विषयमा छलफल भइरहेको बोर्डका एक सदस्यले जानकारी दिए ।

यो वर्ष कुनै तामझाम हुँदैन । विद्यालयले पठाएको नम्बरलाई बोर्डले प्रमाणिकरण गर्ने हो । रुजुको काम सकिएपछि प्रमाणिकरण गरेर नतिजा सार्वजनिक गर्न बोर्डले सूचना निकाल्ले र विद्यालयले नै नतिजा सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको छ । केही दिनमा बोर्डले निर्णय गर्ने सम्भावना छ,’ ती सदस्यले भने ।

यसअघि बोर्डले १५ साउनमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बाढी पहिरोका कारण बाटो बन्द भएकाले विद्यालय र जिल्लाबाट प्रमाणित डाटा नआएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।  एसईईमा यो वर्ष ४ लाख ८२ हजार विद्यार्थी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...