सुबिसुको इन्टरनेट जोड्न ‘रिफर’ गर्दा १ महिनाको सेवा निःशूल्क



 

केबल टेलिभिजन, इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले रिफरमा बोनस अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो सेवा रिफर गर्दा ग्राहकहरुलाई लिइरहेको सेवामा एक महिनाको सेवा छूट दिने भएको हो ।

कम्पनीका अनुसार सुबिसुको सेवा लिइरहेका सबै ग्राहक यो योजनामा सहभागी हुन सक्नेछन् । जसअनुसार कम्पनीको इन्टरनेट तथा टीभी सेवा प्रयोग गर्न आफ्ना आफन्त तथा साथीभाइलाई रिफर गर्नुपर्नेछ ।

इन्टरनेटको बढ्दो माग र विश्वसनीय सेवालाई पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ । अफरमा निश्चित शर्त तथा नियम भने लागु हुने बताइएको छ ।

सुबिसुले केबल तथा डिजिटल टीभी सेवा, कञ्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपीएलएस भीपीएनएस, डब्लूएएन इथरनेट, होलसेल आईपी ट्रान्जिट ,एमभीपी (एमभीपी), डेटा सेन्टर सोलुसन जस्ता विभिन्न सेवा तथा सोलुसन नेपालमा प्रदान गर्दै आइरहेको छ ।

क्लियर टीभी समेत सुबिसुकै प्रडक्ट हो । नेपालको पहिलो डिजिटल टेलिभिजनको रुपमा रहेको क्लियर टीभीले एमपीईजी फोर एसडी तथा एचडी च्यानल केबलमार्फत कण्डिसनल एक्सेस सिस्टम (क्यास) को प्रयोग गरी सेट टप बक्सको माध्यमबाट विभिन्न टेलिभिजन च्यानल प्रसारण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
नेपालमा राजतन्त्र फर्काउने पक्षमा छैन भारत : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी राष्ट्र भारत नेपालमा राजतन्त्र फर्काउने

सीजीको २०८२ नयाँ वर्ष ग्राहक योजना

    नयाँ वर्ष २०८२ को स्वागत गर्दै, सीजी ले आफ्नो लेभल अप!

तीनकुने घटनाको आरोपमा एनी कुँवर पक्राउ

    तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा भएको अपराधबारे अनुसन्धान गरिरहेको प्रहरीले

पालो सबैको आउँछ, मैले जसरी अरुले पनि जाँच दिनुपर्छ : रवि

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतको आदेशलाई सम्मान गर्दै कानूनले