बालुवाटारको गोप्य सहमतिमा प्रचण्डले किन गरे आत्मसमर्पण ?
२३ असारको बालुवाटार सम्वादमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने ‘हामी महाधिबेशनतिर जाऔ, महाधिबेशनबाट तपाई एकल अध्यक्ष बन्नुहोस्, म बीचमै अध्यक्ष पद छोड्न सक्दिँन । प्रधानमन्त्री नै बन्ने भए अर्काे निर्वाचन पर्खिनुहोस् ।’
जवाफमा दाहालले भने ‘यो उधारो कुरा म मान्दिँन । तपाईले प्रधानमन्त्री छाड्न् सक्नुहुन्न भने पार्टी अध्यक्ष छोड्नुहोस्, म पार्टी चलाउँछु, तपाई सरकार चलाउनुहोस् । सहमतिमै निकास दिऔ ।’
ओलीका बिस्वास पात्र महासचिव बिष्णु पौडेल र दाहालका बिस्वास पात्र जनार्दन शर्मा सम्वादका साक्षी थिए । २३ असारमा दुई अध्यक्षबीच कुरा नमिलेपछि दाहाल खुमलटार फर्के । ओलीले पौडेल र शर्मासँग सम्वाद थाले ।
२१ असारबाटै ओलीले आफ्नो सहयोगी र सहकर्मीलाई धोका दिन थालिसकेका थिए । २१ असारमा पार्टीभित्रको विवाद मिलाउन वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई थाहा नै नदिई एउटा कार्यदल बनाएका थिए । कार्यदलमा ओलीका तर्फबाट महासचिव पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल थिए भने प्रचण्डका तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन थिए ।
प्रचण्डले गोप्यरुपमा ओलीसँग कार्यदल बनाएपछि वरिष्ठ नेता नेपाल, खनाल र गौतम झस्केका थिए । लगतै नेपालले प्रचण्डलाई ‘कार्यदलको कुरा के हो ?’ भन्दै प्रश्न गरेका थिए । जवाफमा दाहालले बालुवाटारबाट मच्चाइएको फण्डा मात्र भएको बताएका थिए ।
त्यही कार्यदलले ओली र प्रचण्डको पुर्नमिलन गराएको छ । वरिष्ठ नेता नेपाल, खनाल, उपाध्यक्ष गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई धोका दिएर प्रचण्डले ओलीसँग गोप्य सहमति गरेका छन् । शनिवार राति गोप्य सहमतिलाई शीतल निवासमा लालमोहर लगाएका छन् ।
ओली र दाहालको गोप्य सहमति शुक्रवार भएको हो । वालुवाटार स्रोतकाअनुसार ओलीले दाहाललाई फेरी महाजालमा पारेका छन् । ‘भावी अध्यक्षका लागि तपाई र माधव नेपालबीच प्रतिस्पर्धा हुने हो । म अब अध्यक्ष बन्दिँन । तपाईलाई म सहयोग गर्छु र अध्यक्ष बनाउँछु’, शुक्रवार ओलीले दाहाललाई भने, ‘अहिले प्रधानमन्त्री बन्नेकि, मंसिरमा महाधिबेशन गरेर एकल अध्यक्ष बन्ने ? रोज्नुहोस् ।’
प्रचण्डले विगतमा पनि धोका दिएकोले यो प्रस्ताव तत्काल स्वीकार गर्न नसकिने बताए । जवाफमा महासचिव पौडेल र जनार्दन शर्माले लिखितरुपमा यो सम्झौता गर्नुपर्ने र त्यसको साक्षी राष्टपति बन्नुपर्ने अर्काे प्रस्ताव गरे ।
राष्टपतिलाई साक्षी राख्ने भएपछि प्रचण्डले ओलीसँग आत्मसमपर्ण गरे । शनिवार सचिवालयको बैठकलगतै राष्टपतिलाई साक्षी राख्न ओली दाहालसहित कार्यदलका ६ जना राष्टपति कार्यालय पुगेका थिए ।
राष्टपति कार्यालयबाट फर्किदा प्रचण्डले कुनैपनि सहमति नभएको सफेद झुट बोलेका थिए । तर उनले महाधिबेशनबाट ओलीको सहयोगमा एकल अध्यक्ष बन्ने सर्तमा ओलीसँग आत्मसमपर्ण गरेको वालुवाटार स्रोतले बताएको छ ।


