मन्त्री भट्टले चार वटा कालो बोकाको बलि दिए



 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चार वटा कालो बोकाहरूको बलि दिएको रहस्य खुलेको छ । मंगलबार मन्त्री भट्टले डडेल्धुरा जिल्लास्थित घटालबाबा देवतालाई चार वटा कालो बोकाहरूको बलि दिएका हुन् ।

अमरगढी नगरपालिकाको वडा नम्बर ७ मा रहेको घटालबाबाको मन्दिरमा बोकाको बलि दिएको स्रोतले जनाएको छ । मन्त्री भट्टका आफन्तले भने, ‘मन्त्री भएपछि घटालबाबालाई चार वटा कालो बोकाहरूको बलि दिने बाचा गर्नुभएको थियो । भाकलअनुसार बलि दिइएको छ ।’

मन्त्री भट्टले बलि दिएको कुरा बाहिर कसैलाई पनि नभन्न कडा निर्देशन दिएका छन् । सोही कारण भट्टले हतार हतारमा बलि दिएको एकजना सहयोगीले भनेका छन् ।
मन्त्री भट्टले मन्दिरमा पूजा गरेको तस्बिर समेत खिच्न दिएका थिएनन् ।

मन्त्री हुनुभन्दा अगाडि ‘मलाई मन्त्री दिलाउ प्रभु, म हजुरको सेवा गर्नेछु’ भन्दै भाकल गरेको मन्त्री भट्ट निकटका एकजना पूर्वमाओवादी निकटका नेताले बताए ।
घटाल देवताको भाकल पूरा भएपछि बोका, हाँस, कुखुरा, राँगा भेडा, बलि दिने चलन छ ।

घटालबाबा देवताले मागेको इच्छा पूरा गर्ने भन्ने जनविश्वास रहँदै आएको छ । सोही विश्वासअनुसार डोटी र डडेलधुराका सर्वसाधारण घटाल देवतालाई आफ्नो मनको इच्छा पूरा गर्न भाकल गर्ने गर्छन् । घटाल देवतालाई कसैले महाभारतका भीमसेन पुत्र घटोत्चक त कसैले शिव भगवानका रुपमा मान्ने गर्छन् ।

कथित जनयुद्धका बेला मन्दिरहरू भत्काउँदै हिँडेका माओवादी पृष्ठभूमि भएका मन्त्री भट्टलाई अचानक बलि दिने र भाकल माग गर्ने कारण के आइलाग्यो भनेर स्थानीयले आश्चर्य व्यक्त गरेका छन् ।

लकडाउनका बेला काठमाडौंबाट बली चढाउनकै लागि मन्त्री भट्ट सुदूरपश्चिम आएको बताइन्छ । उनको अरु कुनै कार्यक्रम सार्वजनिक भएको छैन् ।

प्रतिक्रिया दिनुहोस
नयाँ पार्टी घोषणा गर्दै भीम रावल

    नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आगामी बुधबार (पुस

रौतहटमा आगलागी हुँदा २५ जलेर नष्ट

    रौतहटको राजदेवी नगरपालिका-५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ भन्दा बढी

नागर्जुनका मेयर बस्नेत निलम्बित, उपमेयर सुशीला अधिकारी कार्यवाहक

    नागर्जुन नगरपालिकामा दुईपटक निर्वाचित भएका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति

गाउँपालिकाका पूर्वअध्यक्ष जयसवालसहित हजारौं एमालेमा प्रवेश

     प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा