ओली र प्रचण्डको एकलौटी निर्णय मान्य हुँदैन : नेता खनाल



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आउनुपर्ने अडान दोहोर्याएका छन् ।

नेकपा भित्र शक्ति संघर्षको किचलोले पार्टी नै विभाजन हुने खतरा देखिएपछि समाधानका लागि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक छलफलमै रहेका बेलामा वरिष्ठ नेता खनालले आफ्नो पुरानो अडान पुनः दोहोर्याएका छन् ।

साहना प्रधान प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ?’ भन्ने भर्चुअल छलफलमा आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता खनालले यस्तो बताएका हुन् ।

सरकार र पार्टी सञ्चालनमा प्रधानमन्त्री ओली असफल रहेको भन्दै नेकपा सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले दुबै पदबाट राजिनामा दिनुपर्ने माग गरेका गर्दै आएका छन् । तर, नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यि दुबै पदबाट राजीनामा नदिने अडानमा छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय खनाल, माधवकुमार नेपाल उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडानमा छन् ।

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आफ्नो पूर्व अडान कायम नै रहेको बताउँदै खनालले ओलीले राजीनामा नदिए नेकपाको जनमत समाप्त हुने बताए ।

‘यो सरकार पाँच वर्ष चल्ने हो भने नेकपा ‘रुट आउट’ हुन्छ । नेकपाको जनमत समाप्त हुन्छ’ खनालले भने, ‘अहिले नै आधा जनमत खुम्चिसकेको छ । जताततै सरकारको विरोध बढेको छ । एकपछि अर्को अनियमिततालाई सरकारले नियन्त्रण गर्न सकेको छैन । प्रधानमन्त्रीले कतै केही भएको छैन भन्दै आउनुभएको छ । यसरी जाँदा भविष्य अन्धाकार हुने देखिन्छ ।’

अहिलेको अवस्थामा पार्टीमा फटुने हो कि भनेर प्रधानमन्त्री ओलीबाट त्रसित भएर बस्नुपर्ने अवस्था आएको उनले बताए । नेकपाले ल्याएको झण्डै दुई तिहाइको जनमत ओली सरकारका कारण अगामी निर्वाचनमा घटने निष्कर्ष खनालको रहेको छ ।

वरिष्ठ नेता खनालले अध्यक्षद्वयले गरेको एकलौटी निर्णय आफूलाई मान्य नहुने बताए । पार्टीका समस्याबारे स्थायी कमिटी बैठकमा छलफल हुनुपर्ने बताउँदै ‘वान टु वान’ वार्ताबाट निस्किएको निष्कर्ष आफूहरुले स्वीकार नगर्ने उनले वताए । अनावश्यक रुपमा स्थायी कमिटी बैठक स्थगित गरेर दुवै अध्यक्ष पार्टीको विधि र विधानअनुसार नचलेको आरोप उनले लगाए ।

बैठक भन्दा बाहिरबाट सोलुसन निकाल्ने कुराहरु पार्टीको निम्ति मान्य नहुने बताउँदै उनले बैठकलाई स्थगित गरेर छुट्टाछुट्टै बैठक गर्ने, विभिन्न गुटका बैठक गर्ने कामले समस्या समाधान नहुने बताए ।

त्यस्तै नेता खनालले स्थायी कमिटी बैठक आफू खुसी स्थगित गरे ओली र दाहालका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन् । ‘यो बैठक नियमित हुनुपर्छ । प्रधानमन्त्रीसहित नेताहरु बैठकमा सहभागी हुनुपर्छ । यो बैठक ऐतिहासिक बैठक हो । बैठकमा बृहत छलफल हुनुपर्छ’, उनले भने, ‘यो बैठकमा बसेर सबै नेताहरुले बैठकको सामना गर्न सक्नुभएन भने आफ्नै लागि दुर्भाग्य निम्त्यिाउनु बाहेक केही देख्दिन ।’

प्रतिक्रिया दिनुहोस
इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...

डुङ्गा दुर्घटना हुँदा भारतमा ११ जनाको मृत्यु

    भारतमा भएको डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...

अमेरिका–इरान वार्ता असफल

    इस्लामाबादमा रातदेखि बिहानसम्म चलेका यी लामो र महत्त्वपूर्ण वार्ताहरू बिना कुनै...