प्रधानमन्त्रीको बोलीले भारतमा हलचल – अयोध्या नेपालमा छ, राम नेपाली हुन्



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले लगातार भारतबिरुद्ध अभिब्यक्ति दिदा दुई देशको सम्बन्ध पूर्णतया धरापमा पर्ने देखिएको छ । आफुलाई प्रधानमन्त्रीबाट हटाउन भारत र पार्टीकै नेताहरु लागेको अभिब्यक्ति लिएर संकटमा फसेका ओलीले फेरी अर्काे विवादास्पद अभिब्यक्ति दिएका छन् ।

सोमवार सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएका थिए । उनको अभिब्यक्तिले भारतीय सत्तारुढ दल भाजपामा तरंंग आएको छ । यसअघिका अभिब्यक्तिलाई लिएर भारतीय मिडियामा मात्र ओली चर्चामा थिए । तर अहिले नागरिकस्तरबाटै ओलीको विरोध हुन थालेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले ओलीको भनाईलाई निन्दा पनि गरेको छ । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले भगवान रामप्रति खेलवाड नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी पनि दिएका छन् ।

‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलवाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही होस्’ शास्त्रीले भनेका छन्, ‘यो गैरजिम्मेवारपूर्ण अभिब्यक्ति हो, हामी खेद प्रकट गर्दछौ ।’

भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।

कुटनीतिक नियोगका बसेर काम गरिरहेका नेपालीहरुले पनि ओलीको भनाईलाई आपत्ति जनक मानेका छन् । नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले तथ्य र प्रमाणले नभेटाउने कुरा प्रधानमन्त्रीको तहबाट बोल्न नहुँने तर्क राखेका छन् । पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ ।अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ’ रिजालले ट्वीट गर्दै प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...

डुङ्गा दुर्घटना हुँदा भारतमा ११ जनाको मृत्यु

    भारतमा भएको डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...

अमेरिका–इरान वार्ता असफल

    इस्लामाबादमा रातदेखि बिहानसम्म चलेका यी लामो र महत्त्वपूर्ण वार्ताहरू बिना कुनै...