स्वचालित प्रणाली कुल्चेर तेलको मूल्य बढाएका छैनौं : कार्यकारी निर्देशक पौडेल



हाम्रो इकोनोमि

 

नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली कुल्चिएर उपभोक्तालाई अतिरिक्त भार नथपेको दावी गरेको छ । आइतबार पत्रकार सम्मेलन गरेर निगमले उपभोक्ताको हितका लागि कार्यविधि मिचेरै भए पनि पेट्रोलियमको भाउ कमै राख्ने निर्णय गरिएको जनाएको छ ।

चालु आर्थिक वर्षमा १० पटक मूल्य समायोजन गरिएकामा पाँच पटक मूल्य बढाइएको तथा पाँच पटक मूल्य घटाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

‘उपभोक्तामूखी भएर निगमले निर्णय नगरेको भए अहिले ग्यासको मूल्य प्रतिसिलिण्डर १४ सय ५ रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटिर १०५ रुपैयाँ ५० पैसा तथा डिजेल र मटीतेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ ५० पैसा पुग्ने थियो,’ कार्यकारी निर्देशक पौडेलले थपे, ‘सरकारको निर्णयले बढाइएको पुर्वाधार विकास कर र सडक मर्मत सम्भार दस्तुरसमेत जोडेर निगमले स्वचालित मूल्य प्रणालीबाट मात्रै मूल्य निर्धारण गरेको भए भाउ अझै उकालो लाग्थ्यो ।’

गत शुक्रबार गरिएको इन्धनको मूल्यवृद्धिपछि बजारमा पेट्रोल १०२, डिजेल तथा मटितेल ८८ प्रतिलिटर र खाना पकाउने ग्यास १३ सय ७५ रुपैयाँ प्रतिसिलिण्डरमा बिक्री भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...