नेकपाका दुई अध्यक्षबीच टेलिफोन सम्वाद पनि बन्द, दुबै गलाउने रणनीतिमा



हाम्रो इकोनोमि

 

विहीबार साँझ सरकारी निवास वालुवाटारमा नेकपाका दुई अध्यक्षबीच चर्काे विवाद भयो । प्रधानमन्त्री केपी शर्मा ओली दुवै पद छोड्ने कुरासम्म सुन्न तयार भएनन् । प्रचण्डपनि आफ्नो अडानबाट पछि नहट्दा नेकपाको विवाद जहाँको त्यही छ ।

नेकपा स्थायी कमिटीको बैठक स्थगित गरि दुई अध्यक्षले सम्वाद थालेका थिए । तित्ततापूर्ण सम्वादपछि दुई अध्यक्षले सम्वाद रोकेका छन् । सम्वादका लागि न प्रचण्डले ओलीलाई आग्रह गरेका छन् नत ओलीले प्रचण्डलाई बालुवाटार बोलाएका छन् । दुई अध्यक्षबीच चार दिनदेखि सम्वाद बन्द छ ।

२४ असारमा दुई अध्यक्षबीच छोटो टेलिफोन सम्वाद भएको थियो । सिन्धुपाल्चोकको बाह्रविसेमा पहिरोले जनजिवन प्रभावित बनेपछि दुई अध्यक्षबीच स्थायी कमिटी बैठक रोक्ने सहमति भएको थियो । त्यसयता दुई अध्यक्षबीच टेलिफोन सम्वाद समेत हुन सकेको छैन ।

अध्यक्ष प्रचण्डलाई साथ दिदै आएका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम पनि कुनै सम्वादमा छैनन् । उनीहरुलाई सम्वादका लागि ओलीले पनि पहल गरेका छैनन् । ओली पक्षिय दोस्रो तहका नेताहरुले गौतमलाई फकाउने र फेरी फसाउने रणनीति बनाएका थिए । तर यसपटक गौतम चुकेनन् ।

दुई अध्यक्षबीचको सम्वाद जहाँको त्यही छ । चार दिनसम्म कुनै सम्वाद गर्न दुवै अध्यक्ष इच्छुक देखिएका छैनन् । एकले अर्कालाई गलाउने रणनीति बनाइरहेका छन् । ओली स्थायी कमिटीको बैठक स्थगित गरि सचिवालय र स्थायी कमिटीका बहुमत पुरयाउने कसरतमा जुटेका छन् भने प्रचण्ड नेपाल समुह २ साउनको बैठक स्थगित नगर्ने पक्षमा पुगेका छन् । ओलीले प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पदबाट राजीनामा नदिए केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेका छन् ।

प्रचण्ड नेपाल समुहका केन्द्रीय सदस्यहरुले हस्ताक्षर अभियान पनि चलाएका छन् । उनीहरुको हस्ताक्षर अभियानबाट ओली पक्ष झस्किएको छ । तर ओलीपनि सचिवालय र स्थायी कमिटीमा बहुमत पुरयाउन प्रचण्ड नेपाल समुहका नेताहरुसँग आन्तरिक छलफल गरिरहेका छन् ।

नेकपाको विवाद जहाँको त्यही छ । तर शनिवार र आइतवार नेकपाको विवाद मिल्ने अबस्थामा पुगेको चर्चा चल्न थालेको छ । अध्यक्ष प्रचण्डले पार्टीलाई फुटबाट जोगाउन अन्तिमसम्म कसरत गर्ने बताएपछि नेकपाभित्रको विवाद सुल्झिदै गएको आँकलन गरिएको हो । उता ओली निकट स्थायी कमिटीका सदस्य शंकर पोखरेलले चुडिन लागेको नेकपाको डोरी फेरी कसिएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...