१५ दिनभित्र एसईईकाे नतिजा निकाल्ने तयारी



हाम्रो इकोनोमि

 

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १५ साउनभित्र प्रकाशन गर्ने गरी विद्यार्थीले प्राप्त गरेको नम्बर इन्ट्री गरेकाे छ । ३ लाख विद्यार्थीको नम्बर इन्ट्री भइसकेको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।

‘विद्यालयले जिल्ला शिक्षा समन्वय इकाइमा पठाएको नम्बर जिल्ला जिल्लाबाट इन्ट्री भइरहेको छ’, उनले भने, ‘करिब ३ लाख विद्यार्थीको नम्बर इन्ट्री भइसकेको छ । ३० प्रतिशतको इन्ट्री गर्न बाँकी छ । बाँकीको केही दिनमा सकिन्छ ।’

जिल्लाजिल्लाबाट विद्यार्थीले प्राप्त गरेको नम्बर इन्ट्री भए पनि विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईले प्रमाणीकरण गरेको हार्ड कपि बोर्डमा आएपछि इन्ट्री गरेको नम्बर हार्ड कपिसँग मिले/नमिलेको रुजु गरिनेछ ।

सबै जिल्लाबाट हार्ड कपि आएपछि नतिजा सार्वजनिक गर्ने नियन्त्रक खकुरेलले बताए । ‘१५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेका छौँ । नम्बर इन्ट्री त भएको छ तर प्रमाणित हार्ड कपि आउन बाँकी छ । वर्षाका कारण दुर्गम जिल्लामा बाटो बन्द भएकाले हार्ड कपि ल्याउन समस्या भएको छ’, उनले भने ।

देशभरबाट ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी छन् । गत ६ चैतका लागि तोकिएको एसईई कोरोना भाइरसका कारण अन्तिम समयमा स्थगित गरिएको थियो । भाइरसका कारण परीक्षा गर्न असम्भव भएपछि विद्यालयको मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...