विधि, प्रक्रियाबाट अध्यक्ष र प्रधानमन्त्री बनेको व्यक्तिले राजीनामा दिँदैनः ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले विधि र प्रक्रियाबाट आएको प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार कुरा गर्दै पोखरेलले प्रधानमन्त्री ओलीले कुनै पनि पदबाट राजीनामा नदिने बताए । उनले भने, ‘ओलीज्यूले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनु हुँदैन ।’

ओलीले राजीनामा दिँदा देश र पार्टीको हित नगर्ने उनले बताएका छन् । पोखरेलले लहडका भरमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्नु उचित नभएको बताए ।

‘कुनैपनि चिज लहरमा हुँदैन’, पोखरेलले भने, ‘ओलीज्यू विधि र प्रक्रियाबाट अध्यक्ष र प्रधानमन्त्री भएको मान्छे हो ।’

‘निर्वाचित हो । यो प्रक्रिया भुलेर हट भनेर देश र पार्टीको हित गर्दैन’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘सबै दललाई एकताबद्ध गरेर ओलीज्यूले नै नेपालको नयाँ नक्सा जारी गर्नुभएको छ । यस्तो अवस्थामा पार्टीभित्रैबाट राजीनामा माग्नु उचित होइन ।’

प्रतिक्रिया दिनुहोस
भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...

डुङ्गा दुर्घटना हुँदा भारतमा ११ जनाको मृत्यु

    भारतमा भएको डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...