उपत्यकामा मयूर यातायातको सेवा सुरु



हाम्रो इकोनोमि

 

काठमाडौं उपत्यका सार्वजनिक यातायत सञ्चालनमा आएको छ । मयूर यातायातले काठमाडौंमा बस सञ्चालनमा ल्याएको हो ।

सरकारले तोकेको मापदण्ड अनुसार सेवा शुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।

यातायात समितिहरुलाई कम्पनीमा बदल्ने निर्णय भएका बेलामा पनि मयूरले समितिको सिन्डिकेट तोड्दै गाडी चलाएको थियो भने अहिले फेरी ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्ण गरेका बेला मयूरले आज (सोमबार)बाट ६ वटा बस सञ्चालनमा ल्याएको हो ।
कम्पनीले काठमाडौं–धुलिखेल–पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ ।

अध्यक्ष श्रेष्ठले अहिले गाडीको ब्याट्री राख्ने र मर्मतको काम भइरहेको छ । बुधबारसम्म २०–२२ वटै बस सञ्चालनमा ल्याउने जानकारी दिए ।

कम्पनीसँग ४४ वटा बस छन् । तर, यात्रुको चाप कम भएकाले एकैपटक सबै सवारी निकाल्न नसकिने अध्यक्ष श्रेष्ठले बताए ।

मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा शुरु गरेको हो । बसमा मास्क अनिवार्य गरिएको छ ।

यसैगरी श्रेष्ठले अन्य कम्पनीलाई पनि बस सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।

सरकारले गत असार २६ गतेदेखि जिल्ला र काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी खुला गरेको थियो । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न माग राख्दै सवारी चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस
भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...

डुङ्गा दुर्घटना हुँदा भारतमा ११ जनाको मृत्यु

    भारतमा भएको डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...