उपत्यकामा मयूर यातायातको सेवा सुरु



 

काठमाडौं उपत्यका सार्वजनिक यातायत सञ्चालनमा आएको छ । मयूर यातायातले काठमाडौंमा बस सञ्चालनमा ल्याएको हो ।

सरकारले तोकेको मापदण्ड अनुसार सेवा शुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।

यातायात समितिहरुलाई कम्पनीमा बदल्ने निर्णय भएका बेलामा पनि मयूरले समितिको सिन्डिकेट तोड्दै गाडी चलाएको थियो भने अहिले फेरी ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्ण गरेका बेला मयूरले आज (सोमबार)बाट ६ वटा बस सञ्चालनमा ल्याएको हो ।
कम्पनीले काठमाडौं–धुलिखेल–पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ ।

अध्यक्ष श्रेष्ठले अहिले गाडीको ब्याट्री राख्ने र मर्मतको काम भइरहेको छ । बुधबारसम्म २०–२२ वटै बस सञ्चालनमा ल्याउने जानकारी दिए ।

कम्पनीसँग ४४ वटा बस छन् । तर, यात्रुको चाप कम भएकाले एकैपटक सबै सवारी निकाल्न नसकिने अध्यक्ष श्रेष्ठले बताए ।

मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा शुरु गरेको हो । बसमा मास्क अनिवार्य गरिएको छ ।

यसैगरी श्रेष्ठले अन्य कम्पनीलाई पनि बस सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।

सरकारले गत असार २६ गतेदेखि जिल्ला र काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी खुला गरेको थियो । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न माग राख्दै सवारी चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख