चीन बाट ल्याईएको अरवौंको सामान नाकामा रोकिँदा ब्यवसायी समस्यामा



 

कोभिड १९ पछिको लकडाउनका कारण चीन बाट आएका अरवौं रुपैयाँको सामान तातोपानी र केरुङ नाकामा अलपत्र परेको छ । चीन बाट आएको सामानमा कोरोना सुरक्षा ग्यारेन्टी नभएका कारण कतिपय नाकाका स्थानीय सरकारले पनि सामान ल्याउन अवरोध गरेका छन् ।

सामान काठमाडौं ल्याउन नसकेपछि रसुवाको केरुङ नाका पूलमा अलपत्र अवस्थामा छ । सुरक्षाको सामान्य प्रकृया अपनाएर सामान ल्याउनका लागि दवाव पनि परेको छ । तर, पनि काम भएको छैन । करिव १ हजार मालवहाक गाडीमा नेपाल आउन लागेको सामान अलपत्र परेको हो ।

अरवौं रुपैयाँ बराबरको सामान नेपाल ल्याउने ब्यवस्था मिलाउँदा सरकारले राजस्वसमेत संकलन गर्न सक्ने अवस्था रहेको छ । तर, सरकारी निकाय र भन्सार निकायले पनि यस बारे चासो राखेको छैन । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ तथा नेपाल हिमालय सीमापार बाणिज्य संघका प्रतिनिधिहरुले पनि पटक पटक सरकारलाई अनुरोध गरेका छन् ।

संघीय सरकार,प्रदेश तथा स्थानीय सरकारले समन्वय गरेर अलपत्र रहेका सामान काठमाडौं ल्याउन पहल गर्नुपर्ने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । उता हिमालय सीमापार बाणिज्य संघले पनि संघीय सरकारका बिभिन्न निकायमा दवाव दिएको छ ।

‘परराष्ट्रलगायतका मन्त्रालयमै पुगेर सामान ल्याउनका पहल गर्न हामीले अनुरोध गरेका छौं तर, अझै काम भएको छैन’– नेपाल हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले भने,– ‘यस बिषयमा सरकार सबेदनशील हुनु आवश्यक छ ।’ यता तातोपानी नाकामा पनि धेरै सामान अलपत्र परेको छ । लकडाउनका बेला केही अत्याबश्यक सामान आएपनि त्यसपछि रोकिएको सामान काठमाडौं ल्याउन नसकेपछि ब्यवसायीहरु सममस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकलाई ISO 27001:2022 प्रमाणपत्र प्रदान

    नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान