चितवनको सौराहामा बाढी पस्यो, होटल तथा रेष्टुरेन्ट डुबानमा



हाम्रो इकोनोमि

 

पूर्वी चितवनको रत्नननगर नगरपालिकाको सौराहा क्षेत्र नजिकका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् । खगेरी खोलामा आएको बाढी पस्द नगरपालिकाको वडा नम्बर ७ र ८ मा रहेका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेको नगर प्रमुख नारायण बनले जानकारी दिए।

खगेरीको बाढीले रत्ननगर नगरपालिका–८ मा रहेको होटल रेड रूफ, होटल न्यु न्युरो, होटल ग्रीन लज, होटल जंगल प्यालेस, दोभान रेष्टुरेन्ट, संहाती छेउकुना रेष्टुरेन्ट र रत्ननगर नगरपालिका–७ मा रहेको बीगबोस रेष्टुरेन्ट, बेम्बो कटेज रेष्टुरेन्ट र सौराहा सभाहल डुबानमा परेका छन् । बाढीले वडा नम्बर ८ मै रहेको सुकुम्बासी टोल र मनोहरा राष्ट्रिय प्रथामिक विद्यालय पनि डुबानमा परेको छ । रत्ननगर–७ मा रहेको रमाइलो डाँडामा अवस्थित झुलुङगे पुलमा पनि बाढीले क्षति पुगेको छ ।

आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैंठकमा नगर प्रमुख नारायण वनले सौराहा क्षेत्र डुवानको खतरामा रहेको बताएका थिए । उनले त्यसका लागि आवश्यक तयारी र समन्वयका लागि बैठकमा अनुरोध गरेका थिए । सौराहा क्षेत्रको डुबानको निरीक्षण गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जाने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...