अमिताभ र अभिषेक कोरोनो भाइरसबाट संक्रमित



हाम्रो इकोनोमि

 

बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उनीहरुलाई मुम्बईस्थित नानावती हस्पिटल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुवै अभिनेताले आफूलाई कोरोना संक्रमण भएको जानकारी ट्वीटरमार्फत दिएका छन् । अभिषेकका अनुसार उनीहरुलाई माइल्ड सिम्टोम रहेको छ ।

४४ वर्षिय अभिषेकले भनेका छन्, ‘म र मेरो पिता दुवैजना कोरोना भाइरसबाट संक्रमित भएका छौँ । हामीहरुमा माइल्ड सिम्टोम देखिएको छ । दुवै जना हस्पिटल भर्ना भएका छौँ । हामीले सबै अधिकारिक जानकारी दिएका छौँ र परिवारका सदस्य र अन्य स्टाफहरुको कोरोना परीक्षण गरेका छौँ । डराइहाल्नुपर्ने अवस्था रहेको छैन । धन्यवाद ।’

७७ वर्षिय अमिताभको अवस्थास्थिर रहेको तर, स्वासप्रश्वासमा समस्या देखिएको बताइएको छ ।

अमिताभ र अभिषेकमा कोरोना पोजेटिभ देखिएसँगै जया बच्चन र ऐश्वर्या राय बच्चनको पनि कोरोना परीक्षण गरिएको छ । उनीहरुको परीक्षण रिपोर्ट आज आइतबार आउनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...