चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता



हाम्रो इकोनोमि

 

चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता भएको छ । चीनले सिन्जियाङ प्रान्तका अल्पसंख्यक उइगरहरुमाथि निरन्तर गरेको दमन र नरसंहारविरुद्ध उइगरहरुले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

उनीहरुले आफूलाई न्यायको माग गर्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

दी न्युयोर्क टाइम्सका अनुसार लन्डनमा रहेर वकालत गरिरहेका दुई उइगर अभियानकर्मी समूहद्वारा चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरिएका हुन् । उनीहरुले दर्ता गरेको मुद्दामा अवैधरुपमा चीनले नियन्त्रणमा राखेका हजारौं उइगरहरुलाई रिहा गराउनुपर्ने माग समेत राखेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मानवता रक्षाका लागि हालिएको पहिलो मुद्दा हो । मुद्दा दर्ता गराउनेमा इस्ट तुर्किस्तान गर्भरमेन्छ इन एक्जाइल (ईटीजीई) र इस्ट तुर्किस्तान नेशनल अवेकनिङ मुभ्मेन्ट (ईटीएनएएम) रहेका छन् ।

चीनले लामो समयदेखि सिन्जियाङमा रहेका उइगरहरुलाई दमन गर्ने, आतंकवाद फैलाएको आरोपमा कारबाही गर्ने, महिलाहरुलाई बच्चा नजन्माउन दवाव दिने र अस्थायी गर्भनिरोधक सामग्रीको प्रयोगका लागि दवाव दिने र हजारौंलाई नियन्त्रणमा लिँदै आएका थिए ।

बीबीसीले सन् २०१९ मा गरेको एक अध्ययन अनुसार चीनका उइगर समुदायहरुका बालबालिकालाई मुस्लिम बन्न नसकुन भनेर अभिभावक र परिवारबाट अलग गराउने अभियानसमेत चालेको थियो ।

दुईभन्दा कम बच्चा भएका महिलाहरुलाई अस्थायी साधन तथा गर्भ निरोधक प्रयोग गर्न लगाउने र गर्भपतन गराउनेसम्मका गतिविधिहरु गरिरहेको अध्ययनले जनाइएको छ । पछिल्लो समय सिन्जियाङको जन्मदर ८४ प्रतिशतले घटेको जनाइएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय अधिकारवादी समूहले पनि चीनमा उइगर अल्पसंख्यक मानिसहरु दमनमा परेको प्रतिवेदन सार्वजनिक गरेका छन् ।चीनले

उइगर मुसलमानको अस्तित्व मेटाउन उनीहरुलाई धर्म त्याग गर्न लगाएको तथा उनीहरुलाई नियन्त्रणमा लिएर राखेको आरोप लागिरहँदा अमेरिकाले उच्च चिनियाँ राजनीतिकलाई प्रतिबन्ध लगाइसकेको छ भने ‘उइगर ह्युमन राइट्स पोलिसी एक्ट २०२०’ कानुन संसदबाट पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...