नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु



हाम्रो इकोनोमि

 

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

थप ७० जनामा कोरोना संक्रमण पुष्टि, ४३१ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस -कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २८ जिल्लामा संक्रमित भेटिएका छन् । तर कहीँ पनि दोहोरो अंकमा छैनन् । सबैभन्दा धेरै सिन्धुपाल्चोक र दाङमा ५/५ जना संक्रमित थपिएका छन् ।

यस्तै सुनसरी, उदयपुर, स्याङजा, तनहुँ र कञ्चनपुरमा ४/४ जना, काठमाडौं, मोरङ, धादिङ, सर्लाही, बाग्लुङ र सुर्खेत मा ३/३ जना र झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २/२ जना संक्रमित थपिएका छन् ।

यस्तै सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४३१ जना डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...