पार्टीभित्र तत्कालका लागि युद्धविराम गर्नुपर्छ : जनार्दन शर्मा



हाम्रो इकोनोमि

 

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला स्थायी कमिटीका सदस्य तथा प्रभावशाली नेता जनार्दन शर्माले पार्टीभित्रको विवादलार्ई थाति राखि कोरोना र विपत्मा जुट्नु पर्ने धारणा सार्वजनिक गरेका छन् ।

श्ुक्रवार विहान ट्वीटरमा आफ्नो धारणा राख्दै शर्माले कोरोना र विपत्का बेला पार्टीभित्रको किचलो छोड्नु पर्ने बताएका छन् । ‘आज फेरि अध्यारो पन्छिएर बिहानी झुल्किएको छ । पार्टी भित्रको किचलो अन्धकार संगै भुलिदिउ । अतिवृष्टि र कोरोनाको महामारीको बिपतबाट पार पाउन नयाँ सिराबाट काम थालौ’ सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् ।

नेकपाभित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चर्काे मतभेद चलिरहेका बेला शर्माले यस्तो धारणा राखेका हुन् । उनको भनाईबाट नेकपाभित्रको विवाद साम्य हुँदै गएको संकेत गरेका थिए ।

काठमाडौंदेखि देशका बिभिन्न स्थानमा कोरोना समुदायमा फैलिन थालेको छ भने बाढी र पहिरोका कारण जनधनको क्षति हुन थालेको छ । कोरोना र जनधनका बेला पार्टीको विवादलाई अहि थाति राख्नु पर्ने धारणा राखेका छन् । उनले पार्टीभित्र तत्कालका लागि युद्धविराम गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...