मनकारीहरुले गोठाटारमा खोले भब्य कृषी बजार



हाम्रो इकोनोमि

 

कृषी क्षेत्रमा केही गर्नुपर्छ भनेर सघँर्षरत किसानहरुको एक समूहले काठमाण्डौको कागेश्वरी मनहरा नगरपालिका वडा नं. ८ स्थित गोठाटार नागरिक मार्गमा सामूहिक कृषी बजार सञ्चालनमा ल्याएका छन् । धन नभएका तर मन भएकाहरुलाई सगंठित गर्दै जयकला बस्नेतको सक्रियतामा नागरिक मार्गमा कृषी उपज बजार सञ्चालनमा आएको हो । औपचारिक रुपमा उद्घाटन नभएको सो बजारमा ४ रोपनी ६ आना जग्गा क्षेत्रफलमा बनेको २८ ओटा सटर भाडामा लागिसकेको छ । कृषी उपज बजारमा तरकारी , फलफूल , मासुमाछा , कफि शप , खाद्यन्न , भेटनरी लगायतका थोक तथा खुद्रा पसलहरु सञ्चालनमा आएकाछन् ।

 

जयकला बस्नेत अध्यक्ष रहेको मनमुरी कृषी सहकारी सँस्था लिमिटेडले यो बजार सञ्चालन गरेको हो । अध्यक्ष बस्नेत भन्नुहुन्छ , धेरै सघँर्ष गरेर कृषी उपज बजार सञ्चालनमा ल्याएका छौँ । सहकारीमा ५५० सदस्य छन् । सहकारीका सदस्यलाई मात्रै सटर उपलब्ध गराईएको छ । अध्यक्ष बस्नेतका अनुसार थोरै पुँजी भएकाहरुलाई सहकारीले प्रोत्सहान गर्ने गरेको छ । यतिबेला यो कृषी बजार चर्चामा छ ।

 

सरकारले पनि यो बजारको स्तरीकरण गर्न सहयोग गरेको थियो । कृषी पुर्वाधार बिकास तथा कृषी यान्त्रीकरण प्रबर्धन केन्द्रले २६ लाख २५ हजार अनुदान उपलब्ध गराएको थियो । सहकारीले १ करोड ६७ लाखको लागतमा बजार स्थापना गरेको हो । बजारमा सबै खालका सुविधा उपलब्ध गराउने योजना छ , अध्यक्ष बस्नेतले भन्नुभयो , यसका लागि हामीलाई सबैको सहयोग चाहिएको छ ।

 

यो बजारलाई थोक बजारको रुपमा स्थापित गरेर उपत्यकाभरी कृषी सामाग्रीहरु बितरण गर्ने योजना रहेको अध्यक्ष बस्नेतले बताउनुभयो । कतिपयले कृषी सहकारीले कृषी खेतीमा मात्र लगानी गर्नुपर्नेमा बजार सञ्चालन गरेर गलत गरेको भनेर कुरा काट्ने गरेकोमा अध्यक्ष बस्नेतको चित् दुखाई छ । वहाँ भन्नुहुन्छ , किसानले उत्पादन गरेको तरकारी दलालहरु मार्फत बेच्नुभन्दा आफै बजार खोलेर किन नबेच्ने भनेर सामूहिक बजार खोलेका हौँ , कुरा काट्नेहरुसँग हामीलाई मतलब छैन । यो कृषी बजारलाई अझै बिस्तार गर्ने योजना अध्यक्ष बस्नेतको छ ।

सरकारले अनुदान दिए बजार हातामै चिस्यान केन्द्र खोल्ने योजना सुनाउँदै अध्यक्ष बस्नेत भन्नुहुन्छ , चिस्यान केन्द्रको लागि हामीले जग्गा छुट्याएर राखेका छौँ । कोरोन कहर सकिए लगतै भब्य कृषी महोत्सबको आयोजना गरेर यो बजार उद्घाटन गराउने योजना रहेको अध्यक्ष बस्नेतले सुनाउनुभयो । यसब बजारले १ सय १० जनालाई प्रत्यक्ष रोजगार समेत उपलब्ध गराईसकेको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...