सभामुख सापकोटा लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो



हाम्रो इकोनोमि

 

सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ ।

खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भएको सभामुखको सचिवालयले  जानकारी दिएको छ ।

सभामुख सापकोटाको टोली विहीबार बिहान सिन्धुपाल्चोकका लागि उडेको थियो । सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

सभामुख चढेको हेलिकोप्टर फेरि सिन्धुपाल्चोक जाने प्रयासमा रहेकै बेला काठमाडौंमा भारी वर्षा सुरुभएकाले मौसम झनै प्रतिकूल बनेको छ ।

यसैवीच, बाह्रबीसे रहेको नेपाली सेनाको ३० सदस्यीय उद्धार टोली बाढीग्रस्त क्षेत्रमा पुग्न लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले  बताए ।

बुधबार राति भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता छन् । तीनजनाको उद्धार गरिएको छ । बाढीले मध्य भोटेकोशी जनविद्युत आयोजनामा समेत क्षति पुर्‍याएको छ । आयोजनामा कार्यरत एकजना चिनियाँ प्राविधिक समेत बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...