थप २०४ जनामा कोरोना, संक्रमितको संख्या १६ हजार नाघ्‍यो



हाम्रो इकोनोमि

 

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार नाघेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र २०४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार एक सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म दुई लाख ६१ हजार आठ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ। अहिले २५ हजार सात सय २७ जना क्वारेन्टाइनमा छन् भने आठ हजार जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

कोरोना संक्रमितमध्ये ४६ प्रतिशत डिस्चार्ज 
नेपालमा कुल कोरोना संक्रमितमध्ये ४६ प्रतिशतले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  गौतमका अनुसार अहिलेसम्म संक्रमितमध्ये ४६.४ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा मात्र चार सय ९९ जनाले कोरोना जितेका छन् ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...