सरिता गिरीलाई पार्टी र सांसदबाट बर्खास्त गर्ने तयारी



हाम्रो इकोनोमि

 

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद पदबाट बर्खास्त गर्ने तयारी गरेको छ ।  गिरीमाथि कारवाहीका लागि आज समाजवादी पार्टीको बैठक बसिरहेको पार्टीले जनाएको छ ।

नेपालको निशान छाप संशोधन प्रस्ताव खारेजीको प्रस्ताव दर्ता गरेको र संशोधनको पक्षमा मतदान नगरेको भन्दै समाजवादी पार्टीले सांसद गिरीलाई स्पष्टीकरण सोधिसकेको छ ।

पार्टीले मागेको स्पष्टीकरणको चित्तवुझ्दो जवाफ नआएको भन्दै उनलाई कारवाही गर्न को निर्णय गर्न बैठक बसिरहेको सो पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले उनलाई कारवाही गर्ने कि नगर्ने भन्ने अनितम निर्णय लिदैछ । गत ११ असारमा पार्टीको पत्र बुझेकी सांसद गिरीलाई ७ दिनभित्रमा जवाफ दिन भनिएको थियो ।

गत ३१ जेठमा निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनमा मत नहाली संशोधनविरुद्ध अभिव्यक्ति दिएपछि समाजवादी पार्टीले गिरीसँग स्पष्टीकरण सोधेको हो ।

यसअघि संशोधन प्रस्तावविरुद्ध संशोधन दर्ता गराएपछि पार्टीको संसदीय दलले फिर्ता लिन निर्देशन दिँदै कारबाहीको चेतावनी दिएको थियो ।  समाजवादीको ८ असारमा बसेको पदाधिकारी बैठकले गिरीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...