नेपाली पाईलटसहित जहाज फिलिपिन्सको समुन्द्रमा खस्यो,पाँच जनाको जीवितै उद्धार



हाम्रो इकोनोमि

 

 

आज विहानै फिलिपिन्समा भएको एक जहाज दुर्घटनामा नेपाली प्रशिक्षार्थी पाईलटको सकुशल उद्धार गरिएको छ । इन्जिन फेल भएर समुन्द्रमा खसेको जहाजबाट एक जना नेपाली प्रशिक्षार्थी पाईलट, एक जना भारतीय प्रशिक्षार्थी पाईलट तथा क्याप्टेन, अर्का फिलिपिनी प्रशिक्षार्थी पाईलट तथा एक जना हवाई इन्जिनियरको जीवितै उद्धार गरिएको फिलिपिन्सको सञ्चार माध्यमले जनाएको छ ।

दुर्घटनामाग्रस्त जहाजबाट नेपालमा दुई वर्ष पत्रकारिता क्षेत्रमा काम गरेर पाईलट टे«निङका लागि फिलिपिन्स पुगेका २८ बर्षिय शुरम्य खनालसहित अन्य तीन जनालाई सकुशल उद्धार गरिएको जनाइएको छ । जहाज दुर्घटनापछि जीवितै उद्धार गरिएकाहरुमा २७ बर्षिय भारतीय नागरिक ज्योथिस जोन पुलिथानाम, फिलिपिन्सका २७ बर्षिय राजेल डुलेय, भारतीय नागरिक ३४ बर्षिय क्याप्टेन मर्रियफ र फ्लाईट इन्जिनियर चोको डोमेन रहेका छन् ।

 

समुन्द्रमा खसेको जहाजलाई ट्राईसाइकल चालकले तत्कालै उद्धार गरेका कारण नेपाली प्रशिक्षार्थी पाईलट सहित पाँचै जनाको जीवन बच्न सफल भएका हुन् ।

तालिमको क्रममा रहेका बेला जहाज दुर्घटनामा परेको बताइएको छ । मध्य आकाशमा जहाजको इन्जिन फेल भएपछि ग्लाईडिङ गरेर समुन्द्रमा फोर्स ल्याण्डिङ गरिएको र संयोगवश जमिनभन्दा ६ मिटर पर समुन्द्रतर्फ जहाज खसेको थियो । मंगलबार स्थानीय समय अनुसार बिहान साढे ९ बजे फिलिपिन्सको सिनंकुस्थित जाम्बोआंगा विमानस्थलबाट उडेको जहाज इन्जिन फेल भएपछि दुर्घटनामा परेको थियो । फिलिपिनी संचारमाध्यमहरुका अनुसार पाईलटलाई तालिम दिने कम्पनीको जहाजमा प्रशिक्षण उडानको क्रममा कलसाइन आरपी–सी८३४ जहाज दुर्घटनामा परेको हो । हवाई जहाज दुर्घटनामा ठूलो रकम बीमा दावी पर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...