ओली – प्रचण्ड मिले, नेपाल पक्ष आउट



हाम्रो इकोनोमि

 

नेकपाका कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता मधव नेपाल पक्षले असार १० गतेबाट जारी स्थायी समितिमा ओलीलाई दुबै पद छोड्न दबाब दिएको थियो, छ ।

तर प्रचण्डले प्रधानमन्त्री ओलीसँगको वार्तामा आफूनिकट दोस्रो तहका नेता मात्र संलग्न गराएपछि वरिष्ठ नेता नेपाल र उनको समूह सशंकित बनेको छ । नेपालको असन्तुष्टि र आशंकापछि ओली र प्रचण्डले सोमबारबाट दोस्रो तहका नेताहरूविनै छलफल अघि बढाउने समझदारी गरेको बुझिएको छ ।

आइतबारको छलफलमा महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्मासहित छलफलमा बसेका उनीहरूले छलफलको गम्भीरताका कारण सहयोगी नेताहरूलाई तत्काल सामेल नगर्ने निर्णय गरेका हुन् । पौडेल र पोखरेल ओली तथा शर्मा र पुन: प्रचण्डनिकट नेताहरू हुन् ।

यसअघि उनीहरूलाई राखेर सहमतिको गृहकार्य गर्न अनौपचारिक कार्यदल बनाइएको बताइए पनि नेपालको असन्तुष्टिपछि त्यस्तो कार्यदल नबनेको भन्दै प्रचण्डको सचिवालयले आइतबार राति खण्डन गरेको थियो । ६०-४० प्रतिशतको अनुपातमा एकीकरण भएको नेकपाको शक्ति सन्तुलनमा प्रचण्डपक्षसँग ४० र ओली तथा नेपाल पक्षका ३०-३० प्रतिशत नेताहरू छन् ।

पार्टीको शक्ति मिलाउन नेपाल पक्ष प्रचण्ड वा ओली जुन पक्षसँग निकट भयो, उही बलियो हुने हिसाब नेकपाको छ । यसअघि पनि नेपाल पक्षको साथमा ओलीमाथि दबाब बढाएका प्रचण्डले सहमति गर्दा नेपाल पक्षलाई बेवस्ता गरेको थियो । यो पटक भने क्त समूहबीच भद्र सहमितिपछि ओलीलाई दुबै पद छोड्न दबाब दिएको भनिएको छ ।

‘दुई अध्यक्ष मात्र बसेर खुसुखुसु गोप्य निर्णय गर्ने र अरूले पालना गर्ने कुरा स्वीकार्य नहुने नेपाल पक्षको तर्क छ । विगतमा जस्तै प्रचण्ड ६ जना सचिवालय सदस्यहरूलाई बाइपास गरेर ओलीसँग चाचोमाचो मिलाए स्वीकार्य नहुने उनीहरुको भनाइ छ ।

नेपालनिकट स्थायी समिति सदस्य रघुजी पन्तले भने, हामी त दुईतिर यस्तो विभाजनको स्थिति नहोस् भन्ने चाहन्छौँ । ‘त्यसैले नेता–कार्यकर्ता सबैको चित्त बुझ्ने गरी, पार्टी एकता जोगाउने गरी निर्णय हुनुपर्छ र स्थायी समितिले पनि स्वामित्व ग्रहण गरेर निर्णय हुनुपर्छ । यो कुरा सबै नेताले बुझ्नुभएको छ भन्ने मलाई लागेको छ ।’

दुईजना मात्र लिएर जाने कुरा सन्तुलित नभएको भन्दै नेपालले आइतबारै प्रचण्डसँग आपत्ति जनाएका थिए । तर, यसको अर्थ उहाँहरूबीच अविश्वास छ भन्ने नभएको नेपालनिकट अर्का स्थायी समिति सदस्यले बताए ।

‘कार्यदल नबनाइएको प्रचण्डले प्रस्ट पारिसक्नुभएको छ, उहाँहरू मात्र होइन, सचिवालयका ६ जना नेताहरू बलियोसँग एक ठाउँमा हुनुहुन्छ, स्थायी समितिको बहुमत पनि एक ठाउँमा छ । त्यसैले सबै काम सन्तुलन मिलाएरै गर्नुपर्छ भन्ने कुरा उहाँले बुझ्नुभएकै छ,’ उनले भने ।

सोमबार बालुवाटारबाट फर्किएलगत्तै ओलीसँगको पछिल्लो छलफलबारे प्रचण्डले नेपाललाई ‘ब्रिफिङ’ गरेका थिए । अध्यक्ष प्रचण्ड र नेपाल समूहले सहमतिका लागि प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एउटा पद छाड्नुपर्ने ‘बटमलाइन’ बताउँदै आएका छन् भने दुवै पदको निरन्तरताबाहेक बाँकी विषयमा छलफल गरेर सहमति खोज्न सकिने ओलीको अडान छ ।

प्रधानमन्त्री ओलीसँगको भेटपछि अध्यक्ष प्रचण्डले भेटमा भएको कुराकानीबारे वरिष्ठ नेता नेपालसहित केही नेताहरूलाई छुट्टाछुट्टै ब्रिफिङ गरेका थिए । प्रचण्ड पक्षीय नेताहरूले मंगलबार बिहान प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि एक पटक आफूहरू बसेर रणनीति तय गर्ने तयारी गरेका छन् । यता आज पनि ओली र प्रचण्डबीच छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...

रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...