ओली र प्रचण्डको मायाँप्रेम फेरी गाँसियो, दुबैजना बालुवाटारमा



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन नेताहरु परामर्शमा व्यस्त भएका छन् । यसैक्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका बीच नेकपामा आन्तरिक कलह चुलिएको छ । विवाद चर्किएपछि स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ ।

हाल स्थायी कमिटीको बैठक स्थगित गरेर नेताहरुले सहमतिको प्रयास जारी राखेका छन् । सोमबार बस्ने भनिएको स्थायी कमिटीको बैठक २४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

आन्तरिक शक्ति संघर्षले पार्टी बिभाजनको अवस्थामा पुगेको भन्दै दोस्रो तहका नेताहरुले सहमतिका लागि पहल गर्दै आएका छन् । कार्यकर्ताहरुले पनि जिल्ला जिल्लामा प्रदर्शन गर्दै पार्टी बिभाजन नगर्न र एकताबद्ध हुन दबाव दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...