काँग्रेसले वडा कार्यालयको कागजपत्र च्याते, नेकपाको खवरदारी



हाम्रो इकोनोमि

 

२०७७ साल असार ८ गते विहान ११ः३० बजेको समयमा काठमाडौं महानगरपालिका–४ नं. वडा कार्यालयमा केही व्यक्ति एक्कासी प्रवेश गरी वडा अध्यक्षसहित जनप्रतिनिधिहरु, त्यहाँ कार्यरत कर्मचारी र सेवाग्राहीहरुमाथि हातपात गर्ने,सरकारी कागजात च्यात्ने काम गरेका छन् ।

एक जना जेष्ठ नागरिककोे विशेष भत्ता वितरणमा भएको सामान्य मानवीय त्रुटिलाई निहुँ बनाएर कार्यालयमा भएको हुलदङ्गाको विरुद्ध कानुनी कार्वाहीमा सहयोग गर्नु पर्ने नेपाली कांग्रेस र यस पार्टीसँग आवद्ध संस्थाहरुले उल्टो यसलाई राजनीतिकरण गरेर परिस्थितिलाई अनावश्यक उत्तेजना तिर मोड्न खोजेको वडा कार्यालयले जनाएको छ ।

विशेष भत्ता वितरणमा भएको मानवीय कमजोरीका बारेमा वडा अध्यक्षले आफूले अनुसन्धान गर्ने र त्रुटि भएको भए सच्याउने भन्दाभन्दै जुन ढङ्गले वडा अध्यक्षमाथि नै हुलहुज्जत, हातपात भयो, यो सुनियोजित परिघटना भएको पछिल्ला दिनका नेपाली कांग्रेस र सम्वद्ध संस्थाहरुको गतिविधिले देखाइरहेको वडा सदस्य तथा नेकपा वडा अध्यक्ष ध्रुव त्रिपाठीले जानकारी दिए ।

विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका विरुद्धको लडाईमा वडा अध्यक्ष मोहन बिष्टको नेतृत्वको टिमको सक्रियता, यस वडामा निरन्तर भइरहेको तीब्र विकास÷निर्माण, जनसेवा अनि भूमाफियाका विरुद्धको सम्झौताहीन सङ्घर्षका बारेमा सर्वत्र प्रशंसा भइरहेको छ ।

वडाले गरेको विकास, जनसेवा र गलत कार्यको विरुद्ध भएको सम्झौताहीन सङ्घर्षमा साथ दिनुपर्नेमा त्यसको उल्टो नेपाली कांग्रेसले कार्यालयमा आएर हुलदङ्गा गर्नेहरुको पक्षमा वकालत गर्ने, वडाको नेतृत्वका विरुद्ध दुष्प्रचार गर्ने, अड्डा अदालत धाउने जस्ता कार्य गर्नु निन्दनीय भएको स्थानीयले बताएका छन् । यस्ता जालीझेली र उदण्डताको तरिकाबाट होइन स्वस्थ राजनीतिक प्रतिस्पर्धाबाट नै जनताको मन जित्न हामी नेपाली काँग्रेस र आवद्ध संस्थाहरुको नेतृत्वसँग वडाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...

रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...