धेरै खुसी हुँदै बालुवाटारबाट बाहिरिए प्रचण्ड, के रहेछ कारण



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रफुल्ल मुद्रामा बाहिरिएका छन् ।

सोमबार बिहान ९ः३० बजेदेखि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच भएको ‘वान टू वान’वार्ता सकेर अध्यक्ष प्रचण्ड प्रफुल्ल मुद्रामा बाहिरिएको बालुवाटार स्रोतको दाबी छ । तर, दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने खुलेको छैन ।

सोमबार बिहानका लागि सारिएको पार्टीको स्थायी समिति बैठक दुई दिनका लागि स्थगित गरेर दुई अध्यक्ष विवाद समाधानको प्रयासमा लागेको नेकपाका एक स्थायी समिति सदस्यले जानकारी दिए ।

यसअघिका छलफलमा प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान दोहो-याएका थिए भने प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने अडान राखेका थिए ।

आइतबार दिउँसो आ–आफ्ना पक्षका दुई–दुई नेताहरुसहित दुई अध्यक्षबीच भएको वार्ता निश्कर्षबिना टुंगिएको थियो ।

पार्टीको एकता बचाउन युवा नेताहरुको सक्रियता र दबाबपछि स्थायी समिति स्थगन गरेर शीर्ष नेताहरु फेरि छलफलमा जुटेका हुन् । दुवै पक्षको अडान र दम्भले पार्टी विभाजनको जोखिम बढेपछि युवा नेताहरु एकता बचाउन सक्रिय भएका छन् । उनीहरुले दुवै पक्षका नेताहरुलाई भेटेर मनाउने र सम्झाउने काम गरिरहेका छन् । घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, शंकर पोखरेल, प्रदीप ज्ञवाली सहितका युवा नेताहरू यतिबेला एकता बचाउनका लागि दुवै पक्षसँग सम्मवादमा जुटेका छन् ।

प्रधानमन्त्री ओलीले स्थायी समितिले दवाव दिँदैमा आफूले पदबाट राजीनामा नदिने बरु जस्तोसुकै परिस्थिति पनि सामना गर्ने बताएपछि अवस्था झन् जटिल बनेको हो । सचिवालयका बहुमत सदस्य र स्थायी समितिका बहुमत सदस्यहरुले ओलीको राजीनामा मागेपछि आन्तरिक कलहले उग्र रुप लिएको हो।

आइतबार पनि बिहानदेखि बेलुकासम्म नेकपाका नेताहरु आन्तरिक छलफल र परामर्शमा जुटेका थिए । आइतबार तीनजना शीर्षहरू अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । राष्ट्रपतिले पनि पार्टीको आन्तरिक झगडा बढी उचालेर अस्थिरता ननिम्त्याउन सुझाव दिँदै मिलेर अघि बढ्न सल्लाह दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...

रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...