११ वर्षीया बालिका बलात्कार गरी हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ



हाम्रो इकोनोमि

 

 

जनकपुरकी ११ वर्षीया बालिका कञ्चन पजियारलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको उत्तर प्रदेश जिल्ला मलिहावाद थाना काकोरी ग्राम पञ्चायत–११ बस्ने ३२ वर्षका दीपु सिंह रहेका धनुषा प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको चार दिनपछि पक्राउ गरी सोमबार बिहान सार्वजनिक गरेको हो । उनी जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थास्थित मिश्र र चौधरी इन्डस्ट्रिजमा कार्यरत थिए ।

गएको बुधबार स्थानीय विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन स्थानीय आँप बगैंचामा भैंसी चराउन गएकी थिइन् । सोहि बेला सिंहले आँप दिने लोभनमा फकाइ इन्ड्रट्रिजकै पछाडिको बगैंचामा लगि बालिकाको मुख थुनेर बलात्कार अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिएका छन् ।

गएको शुक्रबार दिउँसो कञ्चनको शव नजिकैको दूधमती नदि किनारको झाडीमा नग्न अवस्थामा फेला परेको थियो । घटना पश्चात प्रहरीले २० शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । हत्या अभियोगमा पक्राउ परेका सिंहले आफूले बालिकालाई आँप दिने प्रलोभनमा फकाएर बलत्कार गरी हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...