११ वर्षीया बालिका बलात्कार गरी हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ



हाम्रो इकोनोमि

 

 

जनकपुरकी ११ वर्षीया बालिका कञ्चन पजियारलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको उत्तर प्रदेश जिल्ला मलिहावाद थाना काकोरी ग्राम पञ्चायत–११ बस्ने ३२ वर्षका दीपु सिंह रहेका धनुषा प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको चार दिनपछि पक्राउ गरी सोमबार बिहान सार्वजनिक गरेको हो । उनी जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थास्थित मिश्र र चौधरी इन्डस्ट्रिजमा कार्यरत थिए ।

गएको बुधबार स्थानीय विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन स्थानीय आँप बगैंचामा भैंसी चराउन गएकी थिइन् । सोहि बेला सिंहले आँप दिने लोभनमा फकाइ इन्ड्रट्रिजकै पछाडिको बगैंचामा लगि बालिकाको मुख थुनेर बलात्कार अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिएका छन् ।

गएको शुक्रबार दिउँसो कञ्चनको शव नजिकैको दूधमती नदि किनारको झाडीमा नग्न अवस्थामा फेला परेको थियो । घटना पश्चात प्रहरीले २० शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । हत्या अभियोगमा पक्राउ परेका सिंहले आफूले बालिकालाई आँप दिने प्रलोभनमा फकाएर बलत्कार गरी हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...