ओली- देउवाबीच गोप्य वार्ता, यस्तो छ योजना



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको गोप्य वार्ता कांग्रेसभित्रै चर्चामा रहेको छ । १७ असार राति ओली र देउवाबीच सरकारी निवास वालुवाटारमा भेट भएको थियो ।

नेकपाभित्रको शक्ति संघर्ष पार्टी विभाजनको तहमा पुगेका बेला ओलीले मध्यरातमा देउवालाई भेटका थिए । देउवा भेटेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई तर्साउन खोजेको आशंका पनि गरिएको छ । तर कांग्रेसले भने संवैधानिक निकायमा नियुक्तिको बिषयमा कुरा भएको बताएको छ ।

‘प्रधानमन्त्री र हाम्रो सभापतिबीच भेट राजनीतिक वा सरकार फेरवदलमा केन्द्रीत थिएन’, कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने ‘संबैधानिक निकायमा नियुक्तिका बिषयमा छलफल भएको थियो ।’

देउवा निकट स्रोतकाअनुसार दुई नेताबीच दुई घण्टा छलफल भएको थियो । छलफल के मा केन्द्रीत थियो त्यो भने प्रधानमन्त्रीको सचिवालयले खुलाएको छैन । तर कांग्रेसले संबैधानिक नियुक्तिका बिषयमा कुरा भएको बताएको छ ।

उता कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले अर्काको घर भत्काएर आफ्नो घर बन्छ भन्ने नठान्न देउवालाई सार्वजनिक सुझाव दिएका छन् । ‘कांग्रेस यतिबेला अंकगणितको खेलमा लाग्नु हुँदैन र अर्काको घर भत्काएर आफ्नो घर बन्छ भन्ने पनि ठान्नु हुँदैन’, पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...