ओली र प्रचण्डबीच बालुवाटारमा वान टु वान बार्ता, प्रधानमन्त्रीले अध्यक्ष छोडने संकेत



हाम्रो इकोनोमि

 

नेकपामा बढ्दो अन्तरविरोध साम्य पार्ने उपायको खोजीका लागि नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच छलफल हुँदैछ । आज एक दिनका लागि स्थायी कमिटी बैठकसमेत रोकेर दुई अध्यक्षबीच कुराकानी गर्ने निर्णय विहीबारको स्थायी कमिटी बैठकले गरेको थियो । प्रधानमन्त्री ओलीसँग छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड शुक्रबार दिउँसो १२ बजे बालुवाटार पुगेका छन् ।

दुई अध्यक्षबीचको छलफलले निकास निकाल्ने र शनिबार बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने नेकपाको कार्यसूची छ । तर, पछिल्लो चरणमा दुई अध्यक्षबीच दुरी बढ्दै गएको छ ।

प्रचण्ड–माधव समूहका बहुमत नेताहरुले ओलीलाई प्रधानमन्त्रीबाट हट्न भनेका छन् । तर, प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान राख्दै आएका छन् ।

साथै, कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी एकताका बेलामा गरिएको आलोपालो प्रधानमन्त्रीको सहमति दोहोर्‍याएका छन् । अब प्रधानमन्त्री ओलीले अढाइ–अढाइ वर्ष सरकारको आलोपालो नेतृत्व गर्ने ०७५ जेठ २ गतेको लिखित सम्झौतालाई मान्ने सहमति गरेमा आगामी मंसिरभित्र उनले प्रचण्डलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्ने हुन सक्छ ।

तर, अन्तरविरोध चर्कंदै गएका कारण ओली इत्तरका बहुमत स्थायी कमिटी सदस्यहरु उनलाई तत्कालै प्रधानमन्त्रीबाट हटाउन चाहन्छन् । उता केपी ओलीचाहिँ दुबै पद नछाड्ने र भिड्ने अडानमा छन् ।

स्थायी कमिटीका बहुमत सदस्यहरुको दबावमा परेका प्रधानमन्त्रीले अब आलोपालोको पुरानो प्रस्तावमा सहमति जनाउँछन्/जनाउँदैनन् स्पष्ट छैन । प्रधानमन्त्री ओलीले अन्तिममा केही नलागेको खण्डमा आलोपालोमा सहमति जनाउने सम्भावना रहेको सूत्रहरुको दाबी छ ।

प्रधानमन्त्री ओली पार्टी फुटाउने अध्यादेश ल्याउने र संकटकालसम्मको विकल्पमा जान सक्ने डर प्रचण्ड–माधव पक्षका नेताहरुमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...