प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा विशाल प्रदर्शन



हाम्रो इकोनोमि

 

पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ । केपी शर्मा ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै पोखरा मानवअधिकार चोकमा प्रदर्शन भएको हो ।

प्रधानमन्त्री केपी ओली पक्षका उत्रिएका युवाले भारतको बिपक्षमा नारा लगाए । ‘भारतीय दलाल होसियार’ भन्दै नारा लगाएका युवाले केपी ओलीजस्तो देशभक्त प्रधानमन्त्री अरु नभएकोसमेत बताए ।

‘५ वर्षीय स्थायी सरकार भनेर मतदान गरेका थियौं । बेमौसमी बाजा बजाएर ब्यक्तिगत स्वार्थ र कुर्चिका लागि अनिष्ट निम्त्याइरहेका छन्,’ प्रदर्शनमा रहेकी एक महिलाले भनिन्, ‘भारतीय दलालको पक्षमा लागेर, केपी ओलीको सरकारलाई कमजोर बनाइएको छ । भारतीय मिडियामा खुसीयाली मनाइएको छ ।’

विषम परिस्थितिमा जनताका पक्षमा लडेका नेतालाई षडयन्त्रपूर्वक हटाउन देशी/विदेशी शक्ति लागेकाले युवाहरुले स्वतस्फूर्त प्रदर्शन गरिएको उनीहरुले बताए ।

पोखरामा बिहानैदेखि परेको झरीकाबीच पनि प्रधानमन्त्री ओलीको फोटोसहितको ब्यानर लिएर ५० जनाभन्दा बढी प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी र युवा बढी थिए ।

यसअघि काठमाडौं र झापामा पनि प्रधानमन्त्री ओलीका समर्थकहरुले प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...

रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...