प्रधानमन्त्री ओलीले भने : अब म गम्भीर कदम चाल्छु



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र आफु निकट स्थायी कमिटीका सदस्यहरुसँग गम्भीर कदम चाल्ने संकेत गरेका छन् ।
बुधवार विहान ओलीले मन्त्री र स्थायी कमिटीका सदस्यहरुलाई सरकारी निवास बालुवाटार बोलाएका थिए । बालुवाटारको छलफलमा देश र पार्टी गम्भीर अबस्थामा पुगेको भन्दै गम्भीर कदम चाल्ने बताए ।

‘अहिले देश र पार्टी दुवै संकटमा छन् । यो संकटबाट निस्किन गम्भीर कदम चाल्दैछु, तपाईहरुलाई यो कुरा जानकारी गराउ भनेर बोलाएको हुँ’ बैठकमा ओलीले भने स्थायी कमिटीमा मेरोबिरुद्ध घेराबन्दी शूरु भएको छ । राष्ट्रियता र मेरा पक्षमा तपाईहरुले बोलिदिनु पर्यो ।’

नेकपा स्थायी कमिटीको बैठकमा मंगलवार १२ जनाले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । नेकपाका पाँच सचिवालय सदस्यदेखि स्थायी कमिटीका सदस्यहरुले राजीनामा मागेपछि ओली संकटमा परेका छन् । आफु संकटमा परेका बेला सहयोग गर्न मन्त्री र स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेको एक मन्त्रीले बताए ।

ओलीलाई मन्त्री र स्थायी कमिटीका सदस्यहरुले सहमति र समझदारीमा जान सुझाव दिएका थिए । ‘जनताले एतिहासिक कार्यभार दिएका छन्, यसलाई कुसलतापूर्वक निभाउनु पर्छ, तपाईले सवै नेताहरुसँग परामर्स गर्नुहोस्’ बैठकमा स्थायी कमिटीका सदस्यहरुले सुझाएका छन् ।

प्रधानमन्त्रीले गम्भीर कदम चाल्छु भनेपनि त्यो गम्भीर कदम के हो त्यो भने खुलाएनन् । आफ्ना पक्षमा बोलिदिन मन्त्री र स्थायी कमिटीका सदस्यहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...