आवश्यक परे प्रधानमन्त्री ओलीलाई काँधमा बोक्छु : मन्त्री भट्टराई



हाम्रो इकोनोमि

 

नेकपामा देखिएको नेतृत्व तहकै घोचपेच र असन्तुष्टिसम्मका विविध विवरण सतहमा आएपछि कार्यकर्ताबीच विभाजित मानसिकता बनेको छ ।

स्थायी समितिको बैठक जारी रहेका बेला आफ्ना धारणा राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र अन्यसँग बुधबार परामर्श गरेका थिए ।

‘पार्टीभित्र देखिएका समस्याका बारेमा परामसश गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनुभयो’,सोही छलफलमा सहभागी मध्येका पर्यटनमन्त्री भट्टराई भन्छन्,‘बाँकी नेता र सदस्यहरुसँग पनि परामर्श गर्ने प्रमले बताउनुभयो जुन सकारत्मक छ ।’

परामर्श दिन पुगेका सहभागीले पार्टी एकता जोगाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्न सुझाव दिएको भट्टराई बताउँछन् ।

उनले अगाडि जोड्छन्,‘थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेडली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिइएको छ ।’ भट्टराईले अहिलेको विषय सकारात्मक विन्दुमा पुग्ने आशा राख्दै भनेका छन्,‘प्रोक्सी वार बन्द गरौं ।’

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...