मन्त्री लामाले मेसिनबाट धान रोप्दै भने : चक्लाबन्दी खेतीको विकल्प छैन



हाम्रो इकोनोमि

 

चितवनको माडीमा   १७ औं राष्ट्रिय धान दिवस मनाइएको छ । सहकारी मार्फत संचालन गरिएको सामुहिक चक्लाबन्दी खेतीमा मेसिनले धान रोपेर दिवस मनाइएको हो ।

बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री दावा दोर्जे लामाले मेसिनको प्रयोग गरी धान रोपेर दिवसको उद्घाटन गरे । त्यस क्रममा उनले कृषिमा आत्मनिर्भर बन्न चक्लाबन्दी खेतीको विकल्प नरहेको बताए । उनले उत्पादन लागत घटाउन प्रदेश सरकारले चक्लाबन्दी खेतीमा जोड दिएको बताए ।

मन्त्री लामाले कृषिमा आत्मनिर्भर बन्न चक्लाबन्दी खेतीको विकल्प नरहेको बताउनुभयो । उहाँले उत्पादन लागत घटाउन प्रदेश सरकारले चक्लाबन्दी खेतीमा जोड दिएको बताउनुभयो । माडीको चक्लाबन्दी खेती सबैलाई उदारण दिने खालको बताउनु पर्ने बताउँदै उहाँले त्यसका लागि सबैले अग्रसर भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चक्लाबन्दी खेती सफल भए मात्र कृषि क्षेत्रमा उत्साहा थपिने बताउँदै उहाँले भन्नुभयो “माडी उर्भर भूमि हो । अन्न भण्डारको रुपमा विकास गर्दै लैजानु पर्छ ।”

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...