अर्थमन्त्रीले भने : वैदेशिक रोजगारीमा सोचेजति असर परेन



हाम्रो इकोनोमि

 

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा सोचेजति असर नपरेको भन्दै यो नेपाली अर्थतन्त्रका लागि सकारात्मक भएको बताएका छन् ।

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा रहेका धेरै नेपाली समस्यामा पर्ने अनुमान गरिए पनि क्रमशः आर्थिक क्रियाकलाप सञ्चालन हुँदै जाँदा रोजगारीको समेत सुनिश्चितता भइरहेको मन्त्री खतिवडाले बताए । उनले वैदेशिक रोजगारीमा समस्यामा परेर स्वदेश फर्किने नेपालीको संख्या अनुमान गरे भन्दा कम हुने पनि बताए ।

सोमबार नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई भिडियो सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले जेठ महिनामा भित्रिएको १ खर्ब हाराहारी रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिती र बैंकमा पर्याप्त तरलता प्रदान गरेको पनि बताए ।

पछिल्लो समय विदेशबाट नेपाली कामदारको माग बढेको र नेपाली युवा पनि जान इच्छुक देखिएपछि सुरक्षा प्रबन्ध अपनाएर पठाउन थालिएको उनले जानकारी दिए ।

बैंकको ब्याजदर एक अंकमा घट्छ

अर्थमन्त्री डा. खतिवडाले बैंकको ब्याजदरसमेत अब घट्ने बताए । मौद्रिक नीतिबाट यससम्बन्धी व्यवस्था गर्ने उनले संकेत गरे ।

नेपालमा आर्थिक क्रियाकलाप सबैभन्दा बढी हुने समयमा कोरोनाले प्रभाव पारेको भन्दै मन्त्री खतिवडाले लकडाउन खुकुलो भएसँगै अर्थतन्त्र पुरानै लयमा फर्कन थालेको दावी गरे ।

सरकारी राजस्व र खर्चमा केही सकुंचन आए पनि क्रमशः त्यसले आफ्नो लय समात्न थालेको उनको भनाइ छ । वैदेशिक व्यापार र राजस्व संकलनमा ८० प्रतिशत सुधार देखिएको अर्थमन्त्री खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...