अर्थमन्त्रीले भने : वैदेशिक रोजगारीमा सोचेजति असर परेन



हाम्रो इकोनोमि

 

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा सोचेजति असर नपरेको भन्दै यो नेपाली अर्थतन्त्रका लागि सकारात्मक भएको बताएका छन् ।

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा रहेका धेरै नेपाली समस्यामा पर्ने अनुमान गरिए पनि क्रमशः आर्थिक क्रियाकलाप सञ्चालन हुँदै जाँदा रोजगारीको समेत सुनिश्चितता भइरहेको मन्त्री खतिवडाले बताए । उनले वैदेशिक रोजगारीमा समस्यामा परेर स्वदेश फर्किने नेपालीको संख्या अनुमान गरे भन्दा कम हुने पनि बताए ।

सोमबार नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई भिडियो सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले जेठ महिनामा भित्रिएको १ खर्ब हाराहारी रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिती र बैंकमा पर्याप्त तरलता प्रदान गरेको पनि बताए ।

पछिल्लो समय विदेशबाट नेपाली कामदारको माग बढेको र नेपाली युवा पनि जान इच्छुक देखिएपछि सुरक्षा प्रबन्ध अपनाएर पठाउन थालिएको उनले जानकारी दिए ।

बैंकको ब्याजदर एक अंकमा घट्छ

अर्थमन्त्री डा. खतिवडाले बैंकको ब्याजदरसमेत अब घट्ने बताए । मौद्रिक नीतिबाट यससम्बन्धी व्यवस्था गर्ने उनले संकेत गरे ।

नेपालमा आर्थिक क्रियाकलाप सबैभन्दा बढी हुने समयमा कोरोनाले प्रभाव पारेको भन्दै मन्त्री खतिवडाले लकडाउन खुकुलो भएसँगै अर्थतन्त्र पुरानै लयमा फर्कन थालेको दावी गरे ।

सरकारी राजस्व र खर्चमा केही सकुंचन आए पनि क्रमशः त्यसले आफ्नो लय समात्न थालेको उनको भनाइ छ । वैदेशिक व्यापार र राजस्व संकलनमा ८० प्रतिशत सुधार देखिएको अर्थमन्त्री खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...