प्रधानमन्त्री ओलीले भने : निजी क्षेत्रमा अख्तियार पस्दैन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको नियमनमा अख्तियार दुरूपयोग अनुसन्धा आयोगले गर्ने गरी कानून बनन्ने बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)को वाषिर्क साधारणसभालाई सोमबार भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले अहिले निजी क्षेत्रको नियमनका लागि अख्तियार आवश्यक नरहेको स्पष्ट पारे । ‘अख्तियार विधेयकमा निजी क्षेत्रको असहमतिबारे म स्पष्टसँग जानकार छु,’ उनले भने, ‘सरकारले अख्तियारले निजी क्षेत्रलाई समेत हेर्नेगरी आएको विधेयक अगाडि बढाउँदैन ।’

प्रधानमन्त्रीलाई यसअघि उद्योगीहरूले भेटगरी यो विधेयक फिर्ता लिन समेत आहृवान गरेका थिए । प्रधानमन्त्रीले भेटबारे स्मरण गर्दै भने ‘ यसअघि भेटमा पनि भनेको थिएँ, अहिले पनि यसलाई स्पष्ट पार्न चाहन्छु, यो विधेयक अहिले अगाडि बढाउनु पर्ने आवश्यकता छैन ।’

निजी क्षेत्रको नियमन गर्न थुप्रै निकाय भएकाले यसमा सरकारले पुनर्विचार गर्ने उनको भनाइ छ । सरकारले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गर्न दिनसक्ने गरी आएको विधेयक राष्ट्रियसभामा विचाराधीन छ । संसदीय समितिले त्यही अनुसार विधेयक अगाडि बढाएपछि निजी क्षेत्रले तीव्र असन्तुष्टि व्यक्त गरेको थियो । तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रोक्ने निर्णय गरेको छ । त्यही कारण सोमबार कार्यसूचीमा परे पनि हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...