सुनको मूल्य अहिलेसम्मकै नयाँ रेकर्ड



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय सुनको मूल्य बढेर एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनिरहेको छ। आइतबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड बनेको छ ।

सुनचाँदी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार आज  सुनको मूल्यमा प्रति तोला ७ सय रुपैयाँ बढेको छ । योसँगै अब छापावाल सूनको मूल्य ९१ हजार ३ सय पुगेको छ । यो अहिलेसम्म सुनको मूल्य सबैभन्दा महंगो हो ।

शुक्रबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य अब ९० हजार ८ सय ६० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

चाँदी शुक्रबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...