विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, ५ लाख बढीको मृत्यु



 

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ। कोरोना भाइरस विश्वमा पहिलो पटक देखिएयताको ६ महीनामा कोरोना संक्रमितको संख्या एक करोड पुगेको हो।

विश्वभर महामारीको रुपमा चिनिएको यस भाइरसबाट आईतबार (आज) विहानसम्ममा विश्वभरी एक करोड ७२ हजार ५०० मानिसहरु संक्रमित भएका छन् । संक्रमित मध्ये ५ लाख बढी जनाको मृत्यु भएको छ ।

यसैगरी संक्रमितको आधा भन्दा बढी ५४ लाख मानिसहरुले भने कोरोनालाई जित्न सफल भएका छन् । तथ्याङ्क अनुसार अझैपनि विश्वभर ४१ लाख मानिसहरु कोरोनाभाइरसको उपचार गराइरहेका छन् । उनीहरुमध्ये ९९ प्रतिशत अर्थात ४० लाख ६२ हजारको अवस्था सामान्य छ भने ५७ हजार ७०० जनाको अवस्था गम्भिर रहेको छ ।

संक्रमण शुरु भएको ६ महिना बितिसक्दा अझैपनि दैनिक डेढ लाख बढी संक्रमित थपिइरहेका छन् भने ४ हजार हाराहारीमा दैनिक मृत्यु भइरहेको छ । कोरोनाभाइरसकै कारण विश्वमा सबैभन्दा बढी अमेरिकामा सङ्क्रमितर मृत्यु भएका छन् ।

त्यहाँ हालसम्म २५ लाख ९५ हजार बढी मानिसहरु संक्रमित भएका छन् भने १ लाख २८ हजार बढीको मृत्यु भइसकेको छ । मानवीय क्षति व्यहोर्ने मुलुकको सूचीमा ब्राजिल दोस्रो स्थानमा छ जहाँ ५७ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

यसैगरी बेलायतमा ४३ हजार ५००, इटलीमा ३४ हजार ७००, फ्रान्समा २९ हजार ७००, स्पेनमा २८ हजार ३००, मेक्सिकोमा २५ हजार ७००, भारतमा १६ हजार १०० र इरानमा १० हजार ३०० बढीको मृत्यु भएको छ ।

हालसम्म कोरोना सम्बिन्धि कुनै पनि औषधि पत्ता लागि नसकेको अवस्थामा भ्याक्सिन बनाउन भने, विश्वभर १२० भन्दा बढी संस्था लागिरहेका छन् । यसैबर्षको अन्त्यसम्ममा भ्याक्सिन बनाएर जनजीवन सामान्य बनाउनका लागि अनुसन्धानकर्ता वैज्ञानकहरु रातदिन निरन्तर तल्लिन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
नेपालमा राजतन्त्र फर्काउने पक्षमा छैन भारत : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी राष्ट्र भारत नेपालमा राजतन्त्र फर्काउने

सीजीको २०८२ नयाँ वर्ष ग्राहक योजना

    नयाँ वर्ष २०८२ को स्वागत गर्दै, सीजी ले आफ्नो लेभल अप!

तीनकुने घटनाको आरोपमा एनी कुँवर पक्राउ

    तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा भएको अपराधबारे अनुसन्धान गरिरहेको प्रहरीले

पालो सबैको आउँछ, मैले जसरी अरुले पनि जाँच दिनुपर्छ : रवि

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतको आदेशलाई सम्मान गर्दै कानूनले