विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, ५ लाख बढीको मृत्यु



हाम्रो इकोनोमि

 

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ। कोरोना भाइरस विश्वमा पहिलो पटक देखिएयताको ६ महीनामा कोरोना संक्रमितको संख्या एक करोड पुगेको हो।

विश्वभर महामारीको रुपमा चिनिएको यस भाइरसबाट आईतबार (आज) विहानसम्ममा विश्वभरी एक करोड ७२ हजार ५०० मानिसहरु संक्रमित भएका छन् । संक्रमित मध्ये ५ लाख बढी जनाको मृत्यु भएको छ ।

यसैगरी संक्रमितको आधा भन्दा बढी ५४ लाख मानिसहरुले भने कोरोनालाई जित्न सफल भएका छन् । तथ्याङ्क अनुसार अझैपनि विश्वभर ४१ लाख मानिसहरु कोरोनाभाइरसको उपचार गराइरहेका छन् । उनीहरुमध्ये ९९ प्रतिशत अर्थात ४० लाख ६२ हजारको अवस्था सामान्य छ भने ५७ हजार ७०० जनाको अवस्था गम्भिर रहेको छ ।

संक्रमण शुरु भएको ६ महिना बितिसक्दा अझैपनि दैनिक डेढ लाख बढी संक्रमित थपिइरहेका छन् भने ४ हजार हाराहारीमा दैनिक मृत्यु भइरहेको छ । कोरोनाभाइरसकै कारण विश्वमा सबैभन्दा बढी अमेरिकामा सङ्क्रमितर मृत्यु भएका छन् ।

त्यहाँ हालसम्म २५ लाख ९५ हजार बढी मानिसहरु संक्रमित भएका छन् भने १ लाख २८ हजार बढीको मृत्यु भइसकेको छ । मानवीय क्षति व्यहोर्ने मुलुकको सूचीमा ब्राजिल दोस्रो स्थानमा छ जहाँ ५७ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

यसैगरी बेलायतमा ४३ हजार ५००, इटलीमा ३४ हजार ७००, फ्रान्समा २९ हजार ७००, स्पेनमा २८ हजार ३००, मेक्सिकोमा २५ हजार ७००, भारतमा १६ हजार १०० र इरानमा १० हजार ३०० बढीको मृत्यु भएको छ ।

हालसम्म कोरोना सम्बिन्धि कुनै पनि औषधि पत्ता लागि नसकेको अवस्थामा भ्याक्सिन बनाउन भने, विश्वभर १२० भन्दा बढी संस्था लागिरहेका छन् । यसैबर्षको अन्त्यसम्ममा भ्याक्सिन बनाएर जनजीवन सामान्य बनाउनका लागि अनुसन्धानकर्ता वैज्ञानकहरु रातदिन निरन्तर तल्लिन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...