भारतीय गुप्तचर संस्था रअ, मधेशी नेता र पूर्व राजको गोप्य जमघट



हाम्रो इकोनोमि

 

सरकारले लकडाउन गरिरहेका बेला उच्च पदस्थ राजनीतिकर्मी र विभिन्न ओहोदाका व्यक्तिहरुले भेटघाट शुरु गरेका छन् । सरकारले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई शीतल निवास बोलाएर धन्यवाद दिए लगत्तै विहिबार राती होटल भिभान्तमा भारतीय राजदूतावासको संयोजनमा मधेश केन्द्रीत राजनीतिमा लागेका नेताहरु र पूर्व राजपरिवारका सदस्यहरुको जमघट भएको छ ।

उच्च सुरक्षा स्रोतले दिएको सूचना अनुसार भारतीय राजदूतावासका डिसीएम अजकुमारले संयोजन गरेको सो जमघटमा जनता समाजवादी पार्टीका नेताहरु तथा पूर्व राजपरिवारका नातेदारहरु सहभागी भएका थिए । सुरक्षा स्रोतका अनुसार जनता समाजावादी पार्टीका नेताहरु लक्ष्मणलाल कर्ण, मोहम्मद इस्तिहाक राई, प्रदीप यादव, दुई नम्बर प्रदेशका मूख्यमन्त्री लालबाबु राउत, दुई नम्बर प्रदेशमा कानुनी सल्लाहकार दीपेन्द्र झा, पूर्व राजपरिवारका नातेदार राजवहादुर सिंह, कपिल राणा, राहुल चौधरी लगायत सहभागी थिए ।

विहिबार राती भएको जमघटमा नेपालको संसदबाट पास हुन लागेको नागरिक विधेयक र त्यसको प्राब्धानबारे छलफल भएको थियो । राज्यव्यवस्था समितिले वैबाहिक अंगिकृत नागरिकताको हकमा ७ वर्षको प्राब्धान राखेपछि जनता समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध गर्दै आएको छ । तर सत्तारुढ दल नेकपाले भने यसलाई स्वागत गर्दै छिटो संसदबाट पारित गराउन सरकारलाई आग्रह गरिरहेको छ ।

नेपाल सरकारले लिम्पियाधुरा लिपुलेकसहितको नयाँ नक्सा जारी गरेपछि भारतले आफ्नो असहमति जनाइसकेको छ । नेपालको नयाँ नक्सा जारी हुनु र संविधान संशोधन भएपछि भारतीय नेताहरुले आ–आफ्ना प्रतिक्रिया दिइरहेका छन् । त्यसअवधिमा भारतीय गुप्तचर संस्था रअका नेपाल प्रमुख अविजित हवल्दर सक्रिय भएपनि सीमा र राष्ट्रियताको सवालमा नेपालका राजनीतिक दलहरु एकजुट भएपछि उनले आफ्नो सक्रियता कम गरेका थिए । अहिले नागरिकता सम्बन्धी ऐनमा भने भारतीय गुप्तचर संस्था रअले सो प्राब्धानलाई कमजोर बनाउने प्रयत्न गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...