ओलीको कोसेली प्रचण्डद्वारा अस्वीकार, भने यो पोेको टोकरीमा फल्दिन्छिु



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा शीर्ष नेताहरुका बीचमा दूरी बढ्दै गइरहेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मिलेर अगाडि बढ्न गरेको प्रस्ताव अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको छ । छलफलका क्रममा प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनदेखि अन्य विषयमा समेत मिलेर अगाडि बढ्न गरेको प्रस्ताव प्रचण्डले अस्वीकार गरेका हुन् । नेकपा स्रोतका अनुसार अध्यक्षद्वयबीच छलफल भए पनि सहमति जुट्न सकेको छैन ।

बुधबारदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको सम्बोधनमा मतैक्यता नदेखिएपछि थप जटिता बढ्दै गएको छ । सोही मतभेदलाई अन्त्य गर्दै अगामी दिनमा मिलेर अगाडि बढ्नुको विकल्प नभएको ओलीले बताए । ओली सचिवालयले अहिलेको अवस्थामा मिलेर अगाडि बढ्नुको विकल्प नभएको जनाएको छ ।

तर, अध्यक्ष प्रचण्डले मिलेर जाने ओलीको प्रस्तावमा विश्वास नभएको निष्कर्षमा छ । प्रचण्ड सचिवालयका अनुसार अहिलेको आलोचना र विरोधबाट बच्नका लागि ओलीले मिलेर अगाडी बढन प्रस्ताव गरेको जनाएको छ ।

‘पाँच वर्ष नै केपी कमरेडले सरकार चलाउँने प्रचण्ड कमरेडले सहमति दिएपछि कुरा बिग्रेको हो’ दाहाल सचिवालयले भन्यो, ‘त्यसपछि ओली कमरेडको पार्टी र सरकार दुबै तिर मनोमानी शुरु भयो ।’

प्रधानमन्त्री ओलीसँग भेट्नुअघि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेरै र अर्का वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसँग फोनमा कुराकानी गरेका थिए । अहिले प्रचण्ड, नेपाल, खनाल, गौतम लगायतका नेता एकातिर छन भने ओली अर्का तिर छन् । अहिलेको अवस्थामा ओली सचिवालय र स्थायी कमिटीदेखि केन्द्रीय कमिटीसम्म कमजोर अवस्थामा छन् ।

प्रचण्डले जारी स्थायी कमिटी बैठकमा पार्टी र सरकार सञ्चालनदेखि अन्य विषयमा खुलेर आफ्ना कुरा राख्न भनिसकेका छन् । प्रचण्ड र नेपाल समूह बैठकमा आउने निष्कर्षकै आधारमा अगाडि बढ्ने रणनीतिमा रहेका छन् ।

नेकपा स्थायी कमिटीका सदस्य अष्टलक्ष्मी शाक्यले पार्टीमा ‘सिस्टम’ नै नभएको बताइन् । सरकार र पार्टी सञ्चालन मनोमानी भएको बताउँदै महत्वपूर्ण निर्णयमा पार्टीभित्र छलफल र सल्लाह नहुनुले अहिलेको अवस्था सृजना भएको बताइन् ।

ओलीले सरकार र पार्टी सञ्चालनमा मनोमानी गरेको, पार्टी भित्र सल्लाह नै नगरी अध्यादेश ल्याएको, मुलुक र जनतको विरोधमा रहेको एमसीसी सम्झौता संसदबाट पारित गराउँन खोजेको आरोप प्रचण्ड र नेपाल समूहले लगाउँदै आएका छन् । यस्तै दाहाल र नेपाल समूहले एक व्यक्ति एक जिम्मेवारीको समेत मुद्दा बैठकमा जोडका साथ उठाउँदैछन् ।

एक व्यक्ति एक जिम्मेवारीको विषयमा नेपाल समूहले सुरुदेखि नै कुरा उठाउँदै आएको छ । यस्तै ओलीले पार्टी र सरकार सञ्चालनका क्रममा मनोमानी गर्दा थप समस्या बढेको निष्कर्ष प्रचण्ड र नेपाल समूहको छ ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले जारी स्थायी कमिटीको बैठकबाट पार्टी र सरकार सञ्चालनका क्रममा महत्वपूर्ण सुझाव दिने बताए । अहिलेकै अवस्था अनुसार पार्टी र सरकार सञ्चालन भए धेरै कुरा बिग्रन सक्ने भएकाले पार्टीको निर्णय कार्यान्वयन गर्न आवश्यक रहेको उनले बताए ।

पार्टी र सरकार सञ्चालनमा मात्रै नभई एमसीसी सम्झौताका विषमा समेत पार्टीभित्र किचलो रहेको छ । ओलीले यथास्थितिमै पारित गराउने पक्षमा उभिदै आएका छन् भने प्रचण्ड, नेपाल, खनाल समूह सर्त संशोधन गरेर पारित गर्ने पक्षमा रहेका छन् ।

नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले अहिलेको अवस्थामा मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए । कोरोनाभाइरसको नियन्त्रण, रोकथामसहित आर्थिक समृद्धी एवं जनताको चाहना पूरा गर्न नेतृत्व मिल्नुको विकल्प नभएको उनले बताए । जनताले यति बहुमत सहितको मत झगडा गर्नका लागि नदिएको बताउँदै उनले नेतृत्वले जनताको चाहना पूरा गर्नतर्फ ध्यान दिए राम्रो हुने सुझाव मण्डलले दिए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...