पार्टीमा बहुमतको खेल भयो : ओली



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बहुमतको खेल सुरु भएको भन्दै असन्तुष्टि जनाएका छन् । त्यही गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको ओलीले बताए ।

बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले महाधिवेशनसम्म सहकार्य गर्ने सहमतिअनुसार पार्टी नचलेको गुनासो गरे । यहीकारण अघिल्लो सचिवालय बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको बताउँदै अधयक्ष ओलीले भने, ‘पार्टीमा अहिले पनि गुटबन्दी र बहुमतको खेल भएको छ । यसले अनुशासनहीन काम गरेको छ ।’

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी वैशाख दोस्रो साता ल्याएको अध्यादेशको बचाउ गरे । आफूले गलत गरेका कारण फिर्ता लिएको नभई साथीहरुले भनेका कारण फिर्ता लिएको ओलीले बताए । उनले नेतृत्वलाई खुइल्याएपछि आफ्नो कद बढ्छ भन्ने भ्रम नपाल्नसमेत नेताहरुलाई आग्रह गरेको एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले अधिकांश समय सरकारको बचाउमा खर्चिएका थिए । आफ्नो नेतृत्वको सरकारले देशलाई समाजवाद उन्मुख बनाएको र कोरोना भाइरसको महामारी नियन्त्रणमा पनि राम्रो काम गरेको उनको दाबी थियो ।

कोरोना कारण २÷३ जनाको मात्र मृत्यु भएको तर अरु बिमारीका कारण मृत्यु भएको भए पनि कोरोना पोजेटिभ देखिएपछि कोरोनाबाटै भएको मृत्युमा गणना गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको प्रोटोकोेलका कारण मात्र २४ पुगेको उनले बताए ।

प्रधानमन्त्री ओलीले यो बैठकले पार्टी एकताको सन्देश दिन सक्नुपर्नेमा समेत जोड दिए । बैठकलाई सम्वोधन गर्दै ओलीले अहिले देखिएका समस्याको सामना राजनीतिकरुपमै गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...