कुन देशबाट कति नेपाली स्वदेश फर्किदै ?



हाम्रो इकोनोमि

 

 

नेपाल एअरलाइन्सको चार्टर्ड जहाज आज साउदीको दमामबाट १५४ नेपाली लिएर आउँदैछ । हिमालय एअरलाइन्सले यूएईमा समस्यामा परेका १५४ जना लिएर आउने तालिका रहेको जनाइएको छ ।

यस्तै आजै नेपाल एअरलाइन्सले साउदीकै जेद्दाबाट पनि समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउँदैछ । विमानस्थलले फर्कनेको संख्या भने खुलाएको छैन ।

आजै कुवेतबाट पनि झण्डै १६० जना फर्कन सक्ने बताइएको छ । कुवेतले जजिरा एअरको चार्टर्ड जहाजमार्फत आफ्नै खर्चमा त्यहाँ समस्यामा परेका नेपाली काठमाडौंसम्म ल्याई दिइरहेको छ । इस्तानबुलबाट आज टर्किस् एअरलाइन्सको चार्टर्ड जहाजमार्फत २८० जना फर्कने विमानस्थलले जनाएको छ । यो जहाजले फर्कंदा पनि नेपालबाट २८० जना नै लिएर जाने तालिका तय भएको छ ।

यस्तै आज हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सका चार्टर्ड जहाज नेपाली लिन विभिन्न देशमा जाने भएका छन् । हिमालय एअरलाइन्सको जहाज आज राति यूएईको आबुधाबी जानेछ भने नेपाल एअरलाइन्सको जहाज साउदीको जेद्दा जानेछ ।

यता कुवेतमा समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि पनि चार्टर्ड उडान हुने भएको छ । यसअघि त्यहाँ आममाफीमा सहभागीलाई कुवेत सरकार आफैंले निःशुल्क ल्याई दिएको थियो । आफ्नै खर्चमा स्वदेश फर्कने नेपालीका लागि भने नेपाल एअरलाइन्सले पहिलो चार्टर्ड उडान भर्दैैछ ।

आज राति नेपाल एअरलाइन्स कुवेत जाने तालिका रहेको विमानस्थलले जनाएको छ । यस्तै नेपाल एअरलाइन्स जापानको नारिता र हिमालय एअरलाइन्स कतारको दोहा जाने तालिका रहेको छ । दुवै जहाज आज राति त्यसतर्फ प्रस्थान गर्ने विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...