कुन देशबाट कति नेपाली स्वदेश फर्किदै ?



हाम्रो इकोनोमि

 

 

नेपाल एअरलाइन्सको चार्टर्ड जहाज आज साउदीको दमामबाट १५४ नेपाली लिएर आउँदैछ । हिमालय एअरलाइन्सले यूएईमा समस्यामा परेका १५४ जना लिएर आउने तालिका रहेको जनाइएको छ ।

यस्तै आजै नेपाल एअरलाइन्सले साउदीकै जेद्दाबाट पनि समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउँदैछ । विमानस्थलले फर्कनेको संख्या भने खुलाएको छैन ।

आजै कुवेतबाट पनि झण्डै १६० जना फर्कन सक्ने बताइएको छ । कुवेतले जजिरा एअरको चार्टर्ड जहाजमार्फत आफ्नै खर्चमा त्यहाँ समस्यामा परेका नेपाली काठमाडौंसम्म ल्याई दिइरहेको छ । इस्तानबुलबाट आज टर्किस् एअरलाइन्सको चार्टर्ड जहाजमार्फत २८० जना फर्कने विमानस्थलले जनाएको छ । यो जहाजले फर्कंदा पनि नेपालबाट २८० जना नै लिएर जाने तालिका तय भएको छ ।

यस्तै आज हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सका चार्टर्ड जहाज नेपाली लिन विभिन्न देशमा जाने भएका छन् । हिमालय एअरलाइन्सको जहाज आज राति यूएईको आबुधाबी जानेछ भने नेपाल एअरलाइन्सको जहाज साउदीको जेद्दा जानेछ ।

यता कुवेतमा समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि पनि चार्टर्ड उडान हुने भएको छ । यसअघि त्यहाँ आममाफीमा सहभागीलाई कुवेत सरकार आफैंले निःशुल्क ल्याई दिएको थियो । आफ्नै खर्चमा स्वदेश फर्कने नेपालीका लागि भने नेपाल एअरलाइन्सले पहिलो चार्टर्ड उडान भर्दैैछ ।

आज राति नेपाल एअरलाइन्स कुवेत जाने तालिका रहेको विमानस्थलले जनाएको छ । यस्तै नेपाल एअरलाइन्स जापानको नारिता र हिमालय एअरलाइन्स कतारको दोहा जाने तालिका रहेको छ । दुवै जहाज आज राति त्यसतर्फ प्रस्थान गर्ने विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...