विवाह गर्ने बित्तिकै नागरिकता नदिए आन्दोलन गर्ने राजपाको चेतावनी



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद महेन्द्र यादवले अगीकृत नागरिकता समस्याबारे सहमति खोज्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद यादवले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष नेपालमा स्थायी रुपमा बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको सहमतिको विरोध गरे ।

यो मधेस आन्दोलनका क्रममा तत्कालीन मधेसी मोर्चासँग भएको सहमति विपरीत भएको उनले बताए ।

अहिले पनि सहमतिको लागि समय रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘होइन भने आन्दोलन गर्न जाउ भनेको हामीले बुझ्छौं ।’

त्यस्तो बेला द्वन्द्वको स्थिति सिर्जना हुने र त्यसको जिम्मा सरकारले लिनुपर्ने उनले बताए ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले पनि राज्य व्यवस्था समितिको निर्णयको विरोध गरे । यो निर्णय नसच्याए आन्दोलनको विकल्प नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...