अमेरिकाले सन् २०२० भर ग्रिनकार्ड नदिने



हाम्रो इकोनोमि

 

अमेरिकाले सन् २०२० भर विदेशी कामदारलाई ग्रिनकार्ड नदिने भएको छ । कोरोना भाइरसको महामारीलगत्तै ग्रिनकार्ड वितरण रोक्ने निर्णय गरेको अमेरिकाले यसमा समीक्षा गर्दै सन् २०२० को अन्त्यसम्मै त्यसलाई बढाउने निर्णय गरेको हो । सस्पेन्डेड भिसाको हकमा पनि ग्रिनकार्डको जस्तै निर्णय गरिएको छ ।

अमेरिकाको यस्तो कदमले विभिन्न देशका कामदार प्रभावित हुनेछन् । प्रविधि क्षेत्रका दक्ष कामदारसँगै गैरकृषि मौसमी सहयोगीलगायत यसबाट प्रभावित हुने बीबीसीले जनाएको छ । भिसा अवधि बाँकी रहेका भने यसबाट प्रभावित हुने छैनन् ।

ह्वाइट हाउसले ग्रिनकार्ड र भिसाबारे लिइएको निर्णयबारे ब्रिफिङ गर्दै यसबाट करिब ५ लाख २५ हजार प्रभावित हुने जनाएको छ । जसमा ग्रिन कार्डका दाबेदार झण्डै १ लाख ७० हजार यसबाट वञ्चित हुनेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोजगारी सिर्जनाका लागि यस्तो कदम चालेको जनाएका छन् ।

कोरोनाका कारण सिर्जित अवस्थाले विश्वमा बेरोजगारी दर बढेको छ । शक्तिशाली मुलुक अमेरिका पनि यसबाट अछुतो नरहेको र त्यहाँ बेरोजगारी दर ह्वात्तै बढेको रिपोर्टहरू प्रकाशमा आएका छन् ।

ह्वाइट हाउसको यस्तो कदमबारे मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । आलोचकहरूले भने कोरोना महामारीको वहानामा आप्रवासी कामदारमाथि कस्ने काम भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...