इटालीका रोग विशेषज्ञ डाक्टर भन्छन् – कोरोना भाइरस आफैं कम हुँदै जान्छ



हाम्रो इकोनोमि

 

 

एक इटालियन डाक्टरले कोरोना भाइरस कम खतरनाक हुँदै गएको र अब कुनै खोपबिनै आफैँ हराएर जाने विश्वास गरेका छन् ।

न्यूयोर्कपोस्टमा प्रकाशित खबरका अनुसार स्यान मार्टिनो अस्पतालका संक्रामक रोग क्लिनिकका प्रमुख डा. माटेओ बसेट्टीले भने कि भाइरस सम्भवतः आनुवंशिक उत्परिवर्तनका कारण कम शक्तिशाली भएको देखिन्छ । भाइरसको तीव्रतामा केही परिवर्तन आइरहेको उनको विश्वास छ ।

‘मार्च र अप्रिलमा जुन तरिकाले मानिसहरुको उपचारमा जटिलता थियो, त्यसले त्योबेला यस भाइरसको ढाँचा विल्कुलै फरक रहेको देखिन्थ्यो’, उनले भनेका छन् । उनले अगाडि थपे, ‘त्यसबेला यो आक्रामक बाघजस्तै थियो र अहिले जंगली बिरालो जस्तो भएको छ ।’

उनका अनुसार भाइरस कमजोर हुनुको एउटा कारण यसले सामाजिक दूरीका उपायहरूको प्रतिक्रियामा गरेको उत्परिवर्तन पनि हुन सक्छ ।

उनले भने, ‘मलाई लाग्छ लकडाउन, मास्क लगाउने, सामाजिक दूरीका कारण हाम्रो प्रतिरक्षा प्रणालीले भाइरसविरुद्ध प्रतिक्रिया गर्दछ र भाइरस उत्परिवर्तन भएको छ । त्यसैले हामीसँग अब कम भाइरल लोड छ । तर हामीले सर्तकता भने अपनाइराख्न जरुरी छ ।’

तर अर्का विशेषज्ञले भने भाइरस छिट्टै हराउने सम्भावनाको बारेमा कम आशावादी रहेको बताउँदै यसलाई वर्षौं लाग्न सक्ने बताएका छन् । युके युनिभर्सिटी अफ एक्स्टेक्टर मेडिकल स्कूलका प्राध्यापक डा. भरत पनखानियाले भने, ‘म यो चाँडै नै मर्ने आशा गर्दिन।’

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...