किसमिस पानी पिउँदा हुने छन् अनेक यस्ता फाइदा



हाम्रो इकोनोमि

 

 

मानिसहरु स्वास्थ्य रहन के सम्म गर्दैनन् । खानपानदेखि जीवनशैलीसम्म सुधारगर्न लागि पर्दछन् । तर शरीरलाई स्वास्थ्य राख्न अति उपयोगी हुने किसमिसका गुणका बारेमा सायदै धेरै कमलाई थाहा होला ।

किसमिसको स्वादमात्र होइन यसको प्रभाव र गुण पनि स्वास्थ्यका लागि लाभदायक हुन्छ । किसमिस मात्र होइन, यसको पानी पनि अत्यन्त लाभदायक मानिन्छ । किसमिसको पानीले हाम्रो शरीरमा मेटाबलिज्मको स्तर नियन्त्रित गर्दछ ।

कसरी तयार पार्ने किसमिस पानी

स्वास्थ्यका लागि फाइदाजनक हुने किसमिसको पानी तयार पार्न एक मुठि किसमिसलाई रातभर पानीमा भिजाएर राख्नु पर्दछ । बिहान सोहि पानीमा भिजको किसमिसलाई मिचेर पिउनु पर्दछ ।

अथवा २० मिनेटसम्म मन्द आँचमा किसमिसलाई उमाल्नु पर्दछ । र त्यसलाई रातभर छाडेर भोलिपल्ट बिहान पिउनु पर्दछ । तर स्मरण रहोस्, गहिरो रंगको किसमिस मात्र छानेर खानु पर्दछ । सफा वा चम्किलो किसमिसमा रसाइनको प्रयोग भएको हुनसक्छ । जो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

यस्तो छ, किसमिस पानीको फाइदा

१. हरेक बिहान किसमिस पानीपिउनाले विशेषतः पेट सम्बन्धी रोगबाट फाइदापुर्याउँछ ।

यसको नियमित सेवनले कब्जीयत र एसिडिटीबाटसमेत छुटकारा पाउन सकिन्छ । यसले पाचन प्रणाली राम्रो बनाउँछ । साथै थकानबाट राहतपनि दिन्छ ।

२. अनियमित र बढेको कोलेस्ट्रोल लेवलका कारण बिभिन्न स्वास्थ्य समस्या भोग्नु पर्दछ । तर किसमिसको पानी पिउनाले यस प्रकारको समस्याबाट राहत मिल्दछ । किसमिस पानी हाम्रो शरीरमा ट्राईग्लिसेराइड्सको स्तर कमगर्न उपयुक्त मानिन्छ ।

३. किसमिसको पानीमा फ्लेवेनइड्स एन्टी अक्सीडेन्ट भरपुर मात्रामा पाइन्छ । यो हाम्रो छालामा आउने चाउरीपना कमगर्न लाभदायक मानिन्छ । बढ्दो उमेरमा चाउरीपनाबाट मुक्ति पाउन किसमिस पानीको सेवन अत्यन्त फाइदाजनक हुन्छ ।

४. किसमिस पानी अमाशयमा रस बनाउन असरदार मानिन्छ । यसको नियमित सेवनले मानिसको आमाशय स्वस्थ रहन्छ । शरीरमा मेटाबलिज्मको स्तर नियन्त्रित हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...