यस्तो गम्भीर प्रकरणमा फसे सुपरस्टार सलमान खान



हाम्रो इकोनोमि

 

चर्चित बलिउड अभिनेता सलमान खान गम्भीर प्रकरणमा मुछिएका छन् । बलिउड अभिनेता खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरूद्ध गम्भीर प्रकरणमा मु’द्दा दा’यर भएको छ । बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मु’द्दा दा’यर गरेका हुन् ।

वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका विरूद्ध मु’द्दा दा’यर गरेका हुन् । अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ । ओझाले दा’यर गरेको मु’द्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ ।

समाचार अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन नदिने देखि लिएर सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडेको आरोप लगाइएको छ । उनीहरुका कारण नै सुशान्तले नयाँ चलचित्र नपाएको बताइएको छ ।

हालै देहत्याग गरेका सुशान्तलाई सलमानसहित ८ जनाले मानसिक तनाव दिएको भनिएको छ । वकिलका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मु’द्दा दा’यर गरेका हुन् ।

यसका साथै उनले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम पनि राखेका छन् । अभिनेता सुशान्तसिंहले गत आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...