अष्ट्रेलियाबाट २५९ नेपाली काठमाडौं फर्किंदै



हाम्रो इकोनोमि

 

अष्ट्रेलियाबाट आज (मंगलबार) २ सय ५९ जना नेपाली स्वदेश फर्किदै छन् । उनीहरु नेपाल एयरलाइन्सको अन्नपूर्ण विमानमार्फत नेपाल आउन लागेका हुन् । अष्ट्रेलियाबाट आज हुने यो पहिलो उद्धार उडान हो ।

स्थानीय समयअनुसार १ बजे सिड्नीबाट काठमाडौंतर्फ उड्ने नेपाल एयरलाइन्सको चार महिनादेखि लकडाउन परेका नेपालीहरु छन् । उनीहरु आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावकहरु हुन् ।

सो फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरु पनि छन् । उनीहरु आजै बिहान न्यूजिल्याण्डबाट अष्ट्रेलिया आइपुगेका हुन् ।

नेपाल फर्किन १३ सय जनाले फाराम भरेकामध्ये पहिलो चरणमा २ सय ५९ जनालाई काठमाडौं पठाउन लागिएको दूतावासका अधिकारीहरुले बताएका छन् । हरेक यात्रुबाट २ हजार ३ सय ५० अष्ट्रेलियन डलर भाडा लिइएको छ ।

हवाई यात्रुहरु सबैको सबैको पीसीआर परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । साथै नेपाल पुगेपछि उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टिनमा पठाउने तयारी भएको दूतावास स्रोतले जनाएको छ ।

अष्ट्रेलियाबाट दोस्रो उद्धार उडान २७ जुन अर्थात जेठ १३ गते शनिबार मेलबर्नबाट हुने छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...