अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

सुर्खेतस्थित् कर्णाली प्रदेश अस्पतालका ५ जना स्वास्थ्यकर्मीहरुमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलकाअनुसार प्रदेश अस्पतालको ल्यावमा कार्यरत ल्याव असिष्टेन्टसहित चार जना र एकजना एक्सरेमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो ।

प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको थियो। पिसीआर परीक्षणका क्रममा तीमध्ये पाँच जनामा कोरोना पुष्टि भएको डाक्टर पौडेलले जानकारी दिए। कोरोना पोजेटिभ भएका स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालकै आईसोलेशन वार्डमा राखिएको उनले जानकारी दिए।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि केही घन्टा सिल गरिएको अस्पतालको सेवा अहिले भने नियमित रूपमा जारी रहेको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताए।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...