सांसद पाण्डेले स्वास्थ्य सामग्री वितरण गरे



हाम्रो इकोनोमि

 

पूर्व अर्थमन्त्री तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डेले पूर्वी चितवनका तीन वटा नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।

कोरोना रोगको संक्रमणबाट बच्नको लागि आवश्यक स्वास्थ्य सामग्री सांसद पाण्डेले राप्ती नगरपालिका, खैरहनी नगरपालिका र वकुल्लहर रत्ननगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्नु भएको हो । सांसद पाण्डेले आइतबार राप्ती नगरपालिकाका प्रमुख प्रभा वराल, उपप्रमुख इमानसिंह लामा, खैरहनी नगरपालिकाका प्रमुख ललमणि चौधरी, उपप्रमुख सुनिता थपलियालाई सामग्री हस्तान्तरण गर्नु भएको थियो ।

त्यस्तै गरी रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, उपप्रमुख विमला दवाडी मार्फत बकुल्लहर रत्ननगर अस्पताललाई सामग्री सहयोग गर्नु भएको हो । स्वास्थ्य सामग्रीमा पीपीइ, एननाइन्टी माक्स, फेससील, हेलमेट, पन्जालगायतको सामग्री वितरण गरेको नेकपा जिल्ला सदस्य केशव कडेलले जानकारी दिनु भयो ।
कोरोना भाइरसबाट बच्नको लागि घर बाहिर ननिस्कने, निस्कनु परेमा स्वास्थ्य सामग्री प्रयोग गरेर काममा जान नेता पाण्डेले अनुरोध गर्नु भयो । त्यस्तै गरी नेता पाण्डेले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा अवलोकन गर्नु भएको थियो । कार्यक्रममा नेकपा नेता काशीनाथ अधिकारी, कृष्ण खनाल, धर्म कार्कीलगायतले उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...